पोखरा, पुस २३ गते ।नयाँ शक्तिको रुपमा उदाएको राष्टिय स्वतन्त्र पार्टीले देशभरका वडाहरुमा अधिवेशनलाई तिव्रता दिएको छ ।
कास्कीमा पनि केही वडामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएका छन् भने केही वडामा तयारी शुरु गरिएको छ । रास्वपा पोखरा १६ ले पनि अधिवेशनको तयारी शुरु गरेको सभापति केशव वस्नेतले जानकारी दिनुभयो ।
वडा अधिवेशनको तयारीका विषयमा सोमवार भएको छलफलमा पार्टीका कास्की संयोजक रुक्मांगत भण्डारीले पार्टीको ऐतिहासिक अधिवेशनको जानकारी गराँउदै, पार्टीको संरचना, वडा तहको निर्वाचन प्रणाली, प्रतिनिधीको सहभागिता लगायतका विषयमा जानकारी दिनुभएको छ । वडा अधिवेशनले पार्टीको अभियानलाई थप मजवुत र सशक्त वनाउने वताउदै, यसले जनताको आर्कषण वढ्ने स्पष्ट पानुभयो ।
छलफलमा स्वतन्त्र पार्टीका नेताहरु दुर्गा रञ्जित श्रेष्ठ, शोभा कायस्थ, नारायण आचार्य, अरविन तुलाचन, जीवन वहादुर वस्नेत लगायतले पार्टीले अगाडी सारेको योजनाको विषयमा जानकारी गराएका थिए ।
यही पुस २८ गते शनिवार प्रथम ऐतिहासिक अधिवेशन गर्ने र अधिवेशनले आगामी ५ वर्षका लागी नयाँ समिति चयन गर्ने सचिव विश्ववन्धु थापाले जानकारी दिनुभयो । वडा समितिमा सभापति र सदस्यको निर्वाचन हुने व्यवस्था पार्टीमा रहेको वताईएको छ ।