गन्तब्य अन्नपूर्ण सहकारीको अध्यक्षमा तिमिल्सिना

पोखरा । गन्तब्य अन्नपूर्ण बचत तथा ऋण सहकारी सस्था लिमिटेडको पाँचौ बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ ।  

पोखरा महानगरपालिका वडा नं.२ स्थीत अनन्ता सामुदायिक भवनको सभाहलमा साधरणसभा आयोजना गरिएको थियो ।  अधिबेशनले आगामी ४ बर्षका लागि दिपेन्द्र प्रसाद तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बिरोध रुपमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा यम बहादुर ढकाल, सचिवमा प्रदिप जिसी, कोषाध्यक्षमा सन्तोष शर्मा तिमिल्सिना, सचिवमा रामचन्द्र सुनार र सदस्यहरुमा गोमा थापा, विष्णुप्रसाद तिमिल्सिना, बिमला सुबेदी, विष्णुहरि तिमिल्सिना, दुर्गा तिमिल्सिना पनि निर्बिरोध चयन भएका छन् ।

यसैगरि अधिबेशनले शिव प्रसाद तिमिल्सिनाको संयोजकत्वमा ३ सदस्सिय लेखा समिति समेत चयन गरेको छ । समितिको सदस्यमा बिष्णु कुमार श्रेष्ठ र दिपेश थापा रहेका छन्  । नयाँ कार्यसमितिका लागि अधिवक्ता कृष्ण प्रसाद तिमिल्सनाको संयौजकत्वमा तीन सदस्यीय निर्वाचन समिति रहैको थियो । समितिका अन्य सदस्यहरुमा सहकारी रजिष्ट्रार भरतराज पौडेल र संस्थाका सल्लाहकार सुर्यप्रसाद तिमिल्सना रहेका थिए ।

यसैविच उक्त साधरणसभाको उद्घाटन गर्दै वडा नं १८ का वडाध्यक्ष शिव प्रसाद तिमिल्सनाले सामाजीक एकता, व्यवसायिकता र विकासका लागि सहकार्यका् भूमिका महत्वपुर्ण हुने भन्दै समुदायले गरेको बचत सहि सदुपयोग गर्नुपर्ने बताए । उनले सहकारी संस्थामा तरलता अभाव देखिएको र सदस्यको बचत फिर्ता गर्न नसकिरहेका अवस्थामा सहकारीले समयमानै ऋण लगानी तथा आर्थिक पारदर्शिताका बिषयमा चनाखो रहनुपर्ने कुरामा बिशेष जोड दिए । साथै सहकारी क्षेत्रको अनुगमन, नियमन कमजोर हुनु सहकारी संकटको मुख्य कारण रहेको कुरा औल्याउदै सहकारी संस्था सुशासन र पारदर्शी कारोबारमा जोड दिनु पर्ने कुरामा समेत बताए ।

यसअघि साधारण सभामा संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष दिपेन्द्र प्रसाद तिमिल्सिनाले कोभिड १९ कारण धरासायी भएको मुलुकको अर्थतन्त्रलाई सवल बनाउन सहकारीहरुको भुमिका महत्वपूर्ण हुने बताए ।

सो अवसरमा संस्थाका सल्लाहकार सुर्य प्रसाद तिमिल्सिनाले सहकारीको मुल्य, मान्यता र सिद्धान्त अनुरुप अघि बढ्नु पर्नेमा जोड दिएका थिए । त्यस्तै कार्यक्रममा कल्पना ढकाल, गंगाधर तिमिल्सिना, ललित गोतामे, पुर्नाखर तिमिल्सिना, शिब थापा लगाएतले सहकारीको महत्व र यसले समाजमा खेलेको भुमिका बारेमा चर्चा गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...