राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी तेस्रो

सुर्खेत, पुस २६ गते । सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा गण्डकीले आर्मीलाई ३-१ को सेटमा पराजित गरेको हो ।

यसअघि समूह चरणको खेलमा गण्डकी आर्मीसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । पहिलो सेट गण्डकीले २५-२२ अङ्कले जित्यो । दोस्रो सेट रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो । उक्त सेटमा आर्मी २६-२४ अङ्कले विजयी भयो । तेस्रोमा गण्डकीले २६-२४ अङ्कले बाजी मार्‍यो ।

 

२४-२४ अङ्कको बराबरी भएको अवस्थामा गण्डकीका स्पाइकर रवि केसीले लगातार दुई अङ्क दिलाएपछि जित सहज भयो । चौथो सेटमा गण्डकी पूर्णरुपमा आफ्नो नियन्त्रणमा राख्न सफल भयो । उक्त सेट गण्डकीले २५-२२ अङ्कले जित्यो । आजै उपाधिका लागि दुई विभागीय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुँदै छ । एपिएफले गण्डकीलाई तथा पुलिसले आर्मीलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन् । 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...