पाेखरा, माघ १ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार खेलकुद विकासका लागि प्रतिवद्ध रहेकाे बताएका छन् ।
चौथो टाइगर कप भलिबल प्रतियोगिताको उद्घाटन गर्दै खेलाडी हित र खेलकुद विकासका लागि केही नयाँ योजनाका साथ अघि बढेको बताउँदै प्रदेश सरकार गण्डकीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान, कभर्ड हल समेत निर्माण गर्ने योजनामा रहेको बताए ।
खेलकुदलाई पर्यटन संग जोडन अपरिहार्य रहेको जनाउँदै मुख्यमन्त्री पाण्डेले हाइअल्टिच्यूड खेल मैदानको निर्माण जस्ता योजनाहरु समेत प्रदेश सरकारले अघि बढाएको जनाउँदै बालबालिका बाटै खेलाडीहरुको उत्पादन हुनेकुरालाई आत्मसात गर्दै यू–१५ खेलकुद प्रतियोगिता, ओलम्पियनहरुको सम्मानका लागि मासिक भत्ता, खेलकुद पदक जस्ता कार्यक्रमहरुमा प्रदेश सरकारले बजेट समेत बिनियोजन गरी अघि बढेको उल्लेख गरे ।
उनले राष्ट्रिय खेल भलिबलको विकासमा टाइगर ग्रुप अफ पोखराले महत्वपूर्ण कार्य गरेको जनाउँदै प्रशंसा समेत गरे ।
सो अवसरमा मुख्यमन्त्री पाण्डेले अग्रज समाजिक व्यक्तित्व कर्णेल जेपी क्रसलाई सम्मान गरेका छन् । हालै १ सय वर्ष टेकेका उनी शिक्षा, खेलकुद तथा सामजिक क्षेत्रको विकासमा उल्लेख्य योगदान पु¥याएको बताउँदै टाइगर ग्रुप अफ पोखरा नेपालले उनलाई सम्मान गरेको हो ।
उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाश बरालले भलिबल खेल बिकासका लागि इन्डोर कभर्डहल आवश्यक रहेको विषयमा जोड दिएका थिए ।
टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संस्थाका सचिव डिबी नेपालीले समेत आफ्ना भनाई राखेका थिए ।