टाइगर कप भलिबलको पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन

पाेखरा, माघ ६ गते ।पोखरामा सम्पन्न चौथो टाइगर कप भलिबल प्रतियोगिताकाे पुरुष तर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लब काठमाण्डौ च्याम्पियन भएको छ ।

तीन जना भारतिय खेलाडी सम्मिलित डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघलाई तीन जना पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपाल स्पोर्टस क्लबले ३–१ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन भएको हो ।

 

खेलमा पहिलो सेट २५–१३ ले जितेको हेल्प नेपालले दोश्रो सेट २५–१८ ले जित्दै दवाबमा राखे पनि तेश्रो सेटमा खेलमा पुनरागमन गर्दै गण्डकीले २६–२५ ले जित्यो तर चौथो सेट हेल्प नेपालले २५–१७ ले सहज जित दर्ता गर्दै पहिलो पटक उपाधि समेत जितेको छ । खेलका सबै मोमेन्टमहरु आफ्नो पक्षमा पारेको हेल्प नेपालको रणनितीलाई चिर्न नसक्दा गण्डकी उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ ।

च्याम्पियन भए संगै हेल्प नेपाल स्पोर्टस क्लबले नगद रु ५ लाख ५५ हजार ५५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता गण्डकीले नगद रु २ लाख ५५ हजार ५५५ प्राप्त गरेको छ ।

यसै गरी पुरुषतर्फ सशस्त्र प्रहरीको एपिएफ क्लबले तेश्रो स्थान प्राप्त गरेको छ । शनिबार नै सम्पन्न तेश्रो स्थानको खेलमा पाहुना टोली श्रीलंका आर्मी टिमलाई सोझो ३–० सेटमा पराजित गरेको छ । पहिलो सेट २५–२३, दोश्रो सेट २५–२१ र तेश्रो सेट २७–२५ ले जित्दै प्रतियोगितामा तेश्रो स्थान प्राप्त गरे संगै नगद रु १ लाख २५ हजार ५५५ को हात पारेको छ ।

 

प्रतियोगितामा महिलातर्फ एपिएफ क्लबकी निरुता ठगुन्ना र पुरुषतर्फ टिपटप हेल्प नेपालका फकर उद्धिन घोषित भएका छन् । फकर उद्धिन पाकीस्तानी खेलाडी हुन् । उनीहरुले ट्रफीका साथमा जनही नगद रु २५ हजार ५५५ प्राप्त गरे ।

 

यसै गरी पुरुषतर्फ सशस्त्र प्रहरीको एपिएफ क्लबले तेश्रो स्थान प्राप्त गरेको छ । शनिबार नै सम्पन्न तेश्रो स्थानको खेलमा पाहुना टोली श्रीलंका आर्मी टिमलाई सोझो ३–० सेटमा पराजित गरेको छ ।

 

पहिलो सेट २५–२३, दोश्रो सेट २५–२१ र तेश्रो सेट २७–२५ ले जित्दै प्रतियोगितामा तेश्रो स्थान प्राप्त गरे संगै नगद रु १ लाख २५ हजार ५५५ को हात पारेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...