प्रतियोगितामा महिलातर्फ एपिएफ क्लबकी निरुता ठगुन्ना र पुरुषतर्फ टिपटप हेल्प नेपालका फकर उद्धिन घोषित भएका छन् । फकर उद्धिन पाकीस्तानी खेलाडी हुन् । उनीहरुले ट्रफीका साथमा जनही नगद रु २५ हजार ५५५ प्राप्त गरे ।
यसै गरी विद्यागत रुपमा उत्कृष्ट स्पाइकरमा एपिएफकी सरस्वती चौधरी, सर्भरमा एपिएफकी जस्मिता महतो, उत्कृष्ट सर्भरमा न्यू डायमण्डकी बालमिका आचार्य, उत्कृष्ट ब्लकरमा आर्मीकी सुनिता खड्का, र उत्कृष्ट न्यू डायमण्डकी सलिना श्रेष्ठ भए भने उत्कृष्ट प्रशिक्षकमा एपिएफका महेश चौधरी घोषित भए । उनीहरुले जनही नगद १५ हजार बराबरको गिफ्ट ह्याम्परका साथमा ट्रफी प्राप्त गरेका छन् ।
त्यसै गरी पुरुषतर्फ उत्कृष्ट स्पाइकरमा टिप टप हेल्प नेपालका पाकीस्तानी खेलाडी मजहर अली, सोही टिमका पाकीस्तानी खेलाडी मोहमद काशिफ उत्कृष्ट सेटर हुँदा सोही टिमका दिपक थापा घोषित भए ।
त्यसै गरी उत्कृष्ट सर्भरमा गण्डकीका हिमाल सुनारी घोषित हुँदा उत्कृष्ट ब्लकरमा गण्डकीकै भारतीय खेलाडी रामास्वामी आङ्गामुथु घोषित भए भने पुरुष तर्फ टिपटप हेल्प नेपालका प्रशिक्षक उत्सव खडका घोषित भए । उनीहरुले जनही नगद १५ हजार बराबरको गिफ्ट ह्याम्परका साथमा ट्रफी प्राप्त गरेका छन् ।
गत माघ १ गतेबाट सञ्चालित चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लबस्तरिय प्रतियोगितामा महिला र पुरुष गरी १२ टिमको सहभागिता रहेको थियो । लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा महिलातर्फ एक भारतीय र पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले सहभागिता जनाएका थिए ।
बिजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङ, प्रदेश खेलकुदका सदस्य सचिब श्रीधर शर्मा, पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, केल्मी नेपालका उत्तम न्यौपानेलगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
समापन कार्यक्रम टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।