पोखरामा बोलेरो जीप र्दुघटनामा १ जनाको मृत्यु २ जना घाईते

पोखरा, माघ १० गते । पोखरामा जीप र्दुुघटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

र्दुघटनामा जीप चालक पोखरा महानगरपालिका १८ ग्यारजाती बस्ने बर्ष ४९ को कृष्ण बहादुर थापाको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालका चिकित्सकले १०ः२० मा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

 

 

विहान ९ः१५ बजेको समयमा पोखरा वडा नं १८ चिसाखोला नजिक मेथलाङबाट बाग्लुङ बसपार्क तर्फ आउँदै गरेको ग ३ च २६०३ नम्बरको दुध बोक्ने सिङ्गल क्याप बोलेरो नियन्त्रण गुमाई सडकको दाँया तर्फ करिव २० फिट तल खसेको प्रहरीले जनाएको छ ।

 

र्दुुघटनामा पोखरा १८ बस्ने बर्ष ६९ की हिमकला थापा र सोही ठाँउकी चन्द्रकला थापा घाइतेको भएको र हाल मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । हिमकालको टाउकोमा र चन्द्रकलाको ढाडमा चोट लागेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...