आर्मी आहाराराकाे क्वाटरफाइनलमा

पाेखरा, माघ १० गते । विभागी टिम त्रिभुवन आर्मी  पाेखरा रंगशालामा जारी २३ औं आहारारा पोखरा गोल्डकपकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ ।

प्रतियाेगिता अन्तर्गत बुधबार भएकाे दाेश्राे प्रिक्वाटरफाइनलमा आर्मीले राइजिङ स्टारलाई १–० गाेलकाे कठिन जित निकाल्दै   क्वार्टरफाइनल प्रवेश गरेको हाे । आर्मीका लागि कप्तान भरत खवासले गरेकाे गाेलनै  निर्णायक भएपछि आर्मीका लागि क्वाटरफाइनल यात्रा पक्का भयाे ।

 

खवासले  खेलको २७ औं मिनेटमा क्रसबाट आएको बललाई पेनाल्टीबक्सबाट प्रहार  गर्दै बललाई पाेष्ट भित्र छिराए ।

 

 

अधिकांश नयाँ खेलाडी उतारेको आर्मी र पहिलो पटक सहभागी भएको राइजिङ स्टारबीचकाे खेलमा गाेलकाे खडेरी देखिएपनि खेल निरसपूर्ण थियाे । एक गाेलले पछाडि परेकाे राइजिङले गाेल फर्काउन र आर्मीले थप गाेल  गर्ने प्रयास गरेपनि दुबैकाे चाहाना पूरा हुन सकेन ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...