बिबिवाइसी फुटसलमा डोना एफसी च्याम्पियन, विनय बने सर्बोत्कृष्ट

पोखरा ।विन्ध्यवासिनी बसपार्क युथ क्लबद्वारा आयोजित प्रथम बिबिवाइसी एमेच्योर फुटसल प्रतियोगितामा डोना एफसी च्याम्पियन बनेको छ ।

पोखरा महानगरपालिका ४ स्थित बिफिट फुटसलमा शनिबार भएको फाइनल खेलमा नदीपुर टिम ‘बि’ लाई टाईबेकरमा ४–३  गोल अन्तरले पराजित गर्दै डोना एफसी च्याम्पियन बनेको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइबेकरमा पुगेको थियो ।च्याम्पियन बनेसँगै डोना एफसीले ५५ हजार ५ सय  रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता टिमले २७ हजार ७ सय ७७ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्यो ।

खेल संयोजक विकास साईका अनुसार सो प्रतियोगिताबाट डोना एफसीका विनय तामाङ सर्वोत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।

यस्तै सोही टिमकै मुमिन तामाङ उत्कृष्ट गोलरक्षक र नदीपुर टिम ‘बि’ का आशिष गुरुङले प्रतियोगिता अवधिभर १० गोल गोल गर्दै सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भए ।

कुल २८ टिमको सहभागिताबाट विजेता तथा उपविजेता बनेका टोलीलाई समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरका २ का वडाध्यक्ष दिवसमान प्रधानांग, नेपाल राष्ट्रिय खड्की समाजका अध्यक्ष हर्कमान साई, ज्ञानुबाबा माविका सञ्चालक कृष्ण बहादुर गुरुङ र शुभकन्या गुरुङ तथा आयोजक संस्थाका अध्यक्ष रुपेश साई लगायतले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...