तमु धिं नेपाल र तमु कलाकार संघ गण्डकीद्धारा स्वागत सम्मान

पोखरा, माघ १५ गते ।तमु धिं नेपाल र तमु(गुरुङ) कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिले आइतवार पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा विदेशबाट घरदेश आउनु भएका पाहुनाहरुलाई स्वागत सम्मान गरेको छ।

सहारा युकेका नवनिर्वाचित अध्यक्ष कृष्ण गुरुङ, घान्द्रुक समाज जापानका नवनिर्वाचित अध्यक्ष युक्तमान गुरुङ, दुधपोखरी तमु समाज जापानका अध्यक्ष धनप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष गुरुङ गुरुङ संगी, तमु धिं युकेका कार्यसमिति सदस्य एवम सहारा युकेका सल्लाहकार भोजबहादुर गुरुङ, सहारा युकेका सल्लाहकार तथा तमु धिं युकेका सल्लाहकार कृष्णबहादुर गुरुङ, सहारा युकेका सल्लाहकार तथा तमु धिं युकेका सल्लाहकार नरजंग गुरुङ,सहारा युकेका सदस्य देव गुरुङ, गोर्खा मिडियो युकेका प्रवन्ध निर्देशक मिलन तमु गुरुङ,तमु धिं कोरियाका आजिवन सदस्य विपना गुरुङ,हिमाली गुरुङ, क्या.कमल गुरुङ लगायतलाई स्वागत सम्मान गरिएको हो।

 

कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, उपाध्यक्ष गीमाया गुरुङ, महासचिव जुना गुरुङ, तमु(गुरुङ)कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङ लगायतले क्रेगी, खादा, बुके, सम्मानपत्र, मायाको चिनो लगायतबाट स्वागत सम्मान गरिएको हो।

 

तमु(गुरुङ)कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ, युक्तमान गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो भने संचालन तमु(गुरुङ)कलाकार संघ गण्डकीका महासचिव टसबहादुर गुरुङले गर्नुभएको थियो।

 

उक्त अवसरमा घरदेशमा आउनु भएका कृष्ण गुरुङ, देव गुरुङ, युक्तमान गुरुङ, धनप्रसाद गुरुङ, ओम गुरुङ, विपना गुरुङ, हिमानी गुरुङ लगायतले तमु(गुरुङ)कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिको आजिवन सदस्य बन्नुहुदै कलाकार संघलाई प्रोत्साहन गरिएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...