आहा रारामा आर्मीका पाण्डे बने उत्कृष्ट खेलाडी

पाेखरा, माघ २० गते ।पाेखरा रंगशालामा शनिबार सम्पन्न २३ आै आहा रारा पाेखरा गाेल्ड कप फुटबल प्रतियाेगितामा उत्कृष्ट खेलाडी त्रिभुवन आर्मीका बिमल पाण्डे घाेषित भए ।उनले इलेक्टि्क टेल्जि स्कुटर प्रााप्त गरे ।

त्यस्तै जावलाखेल  युथ क्लव प्रतियोगिताकाे अनुशासित टीम घाेषित भयाे । यता आर्मीका दिनेश हेन्जन (३ गाेल) सर्वाधिक गाेलकर्ता भए भने उत्कृष्ट गाेलरक्षकमा आर्मीका समित श्रेष्ठ भए ।

 

यता उत्कृष्ट डिफेन्स  आर्मीका बिमल पाण्डे,
उत्कृष्ट   मिडफिल्डर थ्रि स्टारका बिबेक पाैडेल, उत्कृष्ट
स्टाईकर आर्मीका जिलेष्पीजंग कार्की र उत्कृष्ट   प्रशिक्षक आर्मीका मेघराज केसी घाेषित भए । केसीले उत्कृष्ट प्रशिक्षक बापत पाएकाे रकम  २० हजार सहारा अक्षयकाेषकाे लागि र ५ हजार खेलाडीकाे लागि सहयाेग घाेषणा गरे ।

 

 

प्रतियाेगितामा   पप्व्लिक च्वाईस आर्मीका भरत खवास र थ्रिस्टारका अभिषेक बराल भए । बिजेता खेलाडीहरूलाई अखिल नेपाल फुटवल संघका अध्यक्ष पंकजबिक्रम नेम्वाङ , सहारा क्लवका संस्थापक अध्यक्ष वसन्त थकाली, सहारा युकेका अध्यक्ष कृष्ण गुरूङ,
हिमश्री फुड्सका निर्देशक द्वय प्रकाश केसी, किरण केसी, प्रदेश खेलकुद परिषद गण्डकीका निमित्त सदस्य सचिव केशव पाठक, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ताेरणबहादुर बानियाँ लगायतले पुरस्कार वितरण गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...