पोखरा । प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको ुप्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यस वर्ष माधव बराल पुरस्कृत भएका छन् । उनलाई नगद २२ हजार २ सय २२ रुपैयाँ सहित पुुरस्कृत गरिएको हो । यसैवीच प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई सम्मान गरिएको छ । नेकपा एमाले स्थायी कमिटि सदस्य एंव गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीले पुुरस्कृत बराल, सम्मानित मिना गुुरुङ र हुुमबहादुर गुुरुङलाई सम्मानपत्र र दोसल्ला सहित सम्मान गरे ।
प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले सोमबार पुरस्कार एवं सम्मान अर्पण गरेको हो । पूर्व अध्यक्ष हरि बास्तोला संयोजक, पूर्व अध्यक्ष श्याम कुँवर र पूर्व पुरस्कृत व्यक्तित्व शान्ति गुरुङ सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले गरेको सिफारिसलाई कार्यसमिति बैठकले अनुमोदन गरेको गरेको थियो ।
चौतारी कास्कीले यसवर्षदेखि पुरस्कारको राशी ११ हजार १ सय ११ बाट बढाएर यस वर्षदेखि २२ हजार २ सय २२ पुर्याइएको छ । प्रेस चौतारी कास्कीले लामो समयदेखि बर्षेनी प्रदान गर्दै आएको यो पुरस्कारलाई गत वर्षबाट पुनः निरन्तरता दिइएको हो ।
चौतारीले गत वर्षदेखि नै सम्मान अर्पण गर्न थालेको हो । गत वर्ष राजु भण्डारी र सावित्री खनाल सम्मानित भैसक्नुुभएको छ । यस वर्ष सम्मानित मीना गुरुङ लामो समय सञ्चारकर्मममा योगदान गरी राजनीतिमा क्रियाशील छिन् ।साढे २ दशकदेखि पत्रकारितामै सक्रिय हुम गुरुङ कास्की आवाज दैनिकका सम्पादक तथा प्रकाशक हुन् । अग्रणी संस्था तमु धिँ नेपालका अध्यक्ष रही समाजसेवामासमेत सक्रिय गुरुङले पत्रकारितामा लामो सयमदेखि अनवरत योगदान दिएका छन् ।
यस वर्ष पुरस्कृत बराल दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । प्रेस चौतारी कास्कीका निवर्तमान अध्यक्ष बराल प्रेस चौतारी र प्रेस सेन्टर एकीकरण भएर बनेको प्रेस संगठन, कास्कीको पनि संयोजक बने ।हाल नेपाल पत्रकार महासंघ कास्कीका सचिव बरालले २०५९ सालबाट पत्रकारिता थालनी गरेका थिए । पोखरा हटलाइनबाट पत्रकारितामा छिरेका बरालको गगन दैनिक, सन्ध्याकालीन दैनिक, माछापुच्छ्रे एफएम, धौलागिरी एफएम रेडियो अन्नपूर्ण, नेपाल समाचारपत्र, हिमाल खबर पत्रिका, समाधान दैनिक, अन्नपूर्ण पोष्ट र पब्लिक टिभीमा काम गरेको अनुभव छ । उनले पोखरा महानगरपालिकामा मेयर मानबहादुर जिसीको प्रेस संयोजकको भूमिका पनि निर्वाह गरेका छन् ।
त्यसअघि, प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकारहरु संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङ पुरस्कृत भएका थिए । कार्यक्रम कार्यबाहक अध्यक्ष मोतिसागर अधिकारीको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव रञ्जन अधिकारीले गरेका थिए ।