पाेखरा, माघ २५ गते । मञ्जुश्री संवत् २८६० काे असरमा पाेखरामा विविध सांस्कृतिक कार्यक्रम गरि मनाइएको छ ।
पाेखरा सभागृहमा आयाेजित कार्यक्रमकाे उद्घाटन पाेखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले गर्नुभयाे ।
कार्यक्रममा बाेल्दै उहाँले आदिवासीजनजातिकाे संस्कार र संस्कृति संरक्षण गर्नुपर्नेमा जाेड दिनुभयाे ।
उहाँले धनसम्पत्ती हराए कमाउन सकिने बताउदै भन्नुभयो,संस्कृति र संस्कार हराए फेरि नभेटिने भएकाले संरक्षणमा ध्यान दिनुपर्नेमा जाेड दिनुभयाे ।
जनजातिको आफ्नै संस्कार र संस्कृति रहेकाे बताउदै त्यसलाई जाेगाउदै पुस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेकाे बताउनुभयाे ।
उपप्रमुख गुरुङले आदिवासीजनजातिकाे अधिकारका लागि सबै एकजुट हुनुपर्ने उल्लेख गर्नुभयाे । कार्यक्रममा कलाकारहरुले माैलिक र सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मन्जुश्री सम्वत् २८६० काे क्यालेन्डर समेत विमाेचन गरिएको थियाे । उपप्रमुख गुरुङ सहित विभिन्न ब्यक्तिहरुले संयुक्तरूपमा क्यालेन्डर विमाेचन गर्नुभयाे ।
मान्जुश्री भन्नाले डाेल्माे तारा देवि अर्थात मन्जुश्री भगवान मानिन्छ भने (साेनाम) काे अर्थ माैसम अनुसारको कृषि जन्य उत्पादन मानिन्छ भने ल्हाेछार भन्नाले नयाँ वर्ष भन्ने बुझिन्छ । याे पर्व वसन्त पन्चमीमा पर्ने हुनाले यस पर्वलाई वसन्त पञ्चमीकाे रुपमा पनि मान्ने गरेकाे पाईन्छ ।
तामाङ् समुदायले मान्दै आएकाे साेनाम ल्हाेछार पर्व तामाङकाे मात्र नभई राष्ट्रिय पर्व रहेकाे कार्यक्रममा बाेल्ने बक्ताहरुले दावी गरे । माघ महिनामा पर्ने यस साेनाम ल्हाेछार पर्वमा ठुलाकाे हातबाट नाैनि घ्यु, काेकाे म्हेन्दाे अर्थात सेताे टीका लगाई माघ महिना भरि आफन्त ईष्टमित्रहरुकाे घरमा जाने भेटघाट गर्ने,शुभकामना आदान-प्रदान गरि रमाइलो गर्ने गरेकाे पाईन्छ ।