सुर्य तारा खेल महोत्सवकाे तयारी तिब्र

पाेखरा,माघ २९ गते ।समृद्ध समाज, हाम्रो परिकल्पना भन्ने मुख्य उद्देश्य लिएर स्थापना भएको गण्डकी प्रदेश स्तरीय क्लब सुर्यतारा क्लब र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा यहि २०८० चैत ३-११ गते सम्म पोखरा २९ भन्डारढिकमा हुने कार्यक्रमको तयारि तिब्र पारीएको छ ।

जसको कार्य ब्यबस्थित बनाउनको लागि पोखरा २९ सैनिक बस्तिमा महोत्सवको सचिवालय संविधान सभा सदस्य नबराज शर्मा द्वारा समुद्घघाटन समेत भएको छ ।

 

खेल लगायत समाजका हरेक सकारात्मक पक्षलाई प्रभावकारी रुपमा सन्चालन गर्दै समाजमा युवापङ्तीलाई उत्पादन मुलक बनाउनको लागि उत्कृष्ट कार्य गर्दै आएको गण्डकी प्रदेशको उत्कृष्ट क्लब सुर्यतारा क्लब र खेल संगै युवा नेतृत्व बिकासको लागि भुमिका खेल्दै आएको खेलकुद महासंघ दुबै सस्था मिलेर खेल महोत्सव गर्न लागेको कुरा क्लबका अध्यक्ष तथा नेपाल खेलकुद महासंघका केन्द्रिय सचिब बिष्णु पुनले जानकारी गराएका हुन ।

 

साबिक लेखनाथ हरेक कुरामा पछाडी परिरहेको अबस्थामा यो खेल महोत्सवले लेखनाथ क्षेत्रको चिनारी , व्यापार र पर्यटन बिकासको लागि टेवा पुर्याउने लक्ष्य राखीएको छ। खेल महोत्सवमा ७ प्रतियोगिता हुनेछन ।

 

रास्ट्रीय तथा अन्तरास्ट्रिय खेलाडीहरुले प्रतियोगितामा भाग लिने हुनाले दशर्कहरुको उल्लेख्य उपस्थित रहने आकलन गरिएको छ। खेल महोत्सव सम्पन्न गर्नको लागि कम्तिमा पनि ५५ देखि ६० लाख रुपैयाँ खर्च हुने अध्यक्ष बिष्णु पुनले जानकारी गराए ।

 

बिश्वमा लोकप्रिय बन्दै गएको फुटबल प्रतियोगितामा नेपाल सहित अन्य देशहरुबाट समेत विभिन्न क्लबहरुले भाग लिनेछन ।

 

फुटबलको लागि प्रथम पुरस्कार ३लाख ३ हजार ३ सय ३३ , द्वितीय पुरस्कार १ लाख ७७ हजार ७ सय ७७ , उत्कृष्ट खेलाडी लाई ७ हजार ७ सय ७७ , उत्कृष्ट गोलकिपर लाई ७ हजार ७ सय ७७ र अनुशासित टिमलाइ ७ हजार ७ सय ७७ पुरस्कार राखीएको छ।

 

 

कास्की जिल्ला बिधालय स्तरीय नृत्य प्रतियोगिताका लागि प्रथम पुरस्कार ५५ हजार ५ सय ५५, द्वितीय पुरस्कार ३३ हजार ३ सय ३३ र तृतीय पुरस्कार २२ हजार २ सय २२ रुपैया प्रदान गरिने छ। निकै नौलो र अर्को रमाइलो खेल खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता पनि समाबेश गरिएको छ । जसका लागि प्रथम हुनेलाइ २२ हजार २ सय २२, द्वितीय हुनेलाइ ११ हजार १ सय ११ र तृतीय हुनेलाइ ५ हजार ५ सय ५५ रुपैया नगद पुरस्कार रहेको छ।

 

 

त्यस्तै गण्डकी प्रदेस स्तरीय टेक्वान्दो प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५ सय ५५, द्वितीय हुनेलाइ ३३ हजार ३ सय ३३ र तृतीय हुनेलाइ २२ हजार २ सय २२ नगद पुरस्कार राखीएको छ। खुला ब्याडमिन्टन प्रतियोगिताको लागि प्रथम पुरस्कार ५५ हजार ५ सय ५५, द्वितीय पुरस्कार ३३ हजार ३ सय ३३ र तृतीय पुरस्कार २२ हजार २ सय २२ रुपैया रहेको छ।

 

 

समाबेश गरिएको अर्को खेल ५ किमि एथ्लेटिक्स प्रतियोगितामा ३ बिधा समाबेश हुनेछ्न जस अन्तरगत बिधालय स्तरिय छात्र/ छात्रा , खुल्ला र +४५ भेट्रान्स गरि प्रथम पुरस्कार ७ हजार , द्वितीय ५ हजार र तृतीय हुनेलाइ ३ हजार रुपैया घोषणा गरिएको छ। स्थानियलाई उत्साहित बनाउन र स्थानिय कलाको प्रबर्द्धन गर्नको लागि संघसस्था स्तरिय झाकी प्रतियोगिता अर्को आकर्षण बन्नेछ । जसका लागि प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ , द्वितीय ३३ हजार ३ सय ३३ र तृतीय हुनेलाइ २२ हजार २ सय २२ रुपैया नगद सहित पुरस्कृत गरिने कुरा आयोजकले जानकारी गराएका हुन ।

 

साथै चैत्र ११ समापनको दिनमा लाइभ कन्सर्ट हुने तथा हरेक खेल हेर्नको लागि प्रबेस शुल्क समेत निर्धारण गरिने आयोजकले अबगत गराए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...