पोखरा महानगरका जनप्रनितिधि र कर्मचारीको क्षमता विकास प्रशिक्षण तथा तालिम

पोखरा, माघ २९ गते ।पोखरा महानगरपालिकाले वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्तर सम्बन्धित विषयमा क्षमता विकास प्रशिक्षण तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ । पोखरा महानगरका ३३ वटा वडाका जनप्रतिनिधि र कर्मचारीका लागि तीन चरणमा तालिम सञ्चालन गरेको हो ।

क्षमता विकास प्रतिशक्षण अन्र्तगत सोमबारदेखि लेखनाथमा ११ वटा वडाका जनप्रतिनिधि र कर्मचारीका लागि प्रशिक्षण सुुरु भएको छ । दुुई दिने प्रशिक्षणको पोखरा महानगरका मेयर धनराज आचार्यले उद्घाटन गर्नुुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारीले गर्र्ने काम बारेमा अन्यौलता रहेको बताउदै जनप्रतिनिधि र कर्मचारीका आआफना अधिकार क्षेत्रका बारेमा स्पष्ट हुने गरी प्रशिक्षण सञ्चालन गरिएको बताउनुुभयो । जनप्रतिनिधिले नागरिकको काम गर्दा केही समस्या देखिएको र नागरिकले काममा ढिलासुुस्ती हुदाँ गुुनासो गर्ने अवस्था रहेको बताउदै त्यसलाई अन्त्य गर्दै आफना काम, कर्तब्य र अधिकार बारे स्पष्ट भएर सहज रुपमा सेवा प्रवाह गर्ने वातावरण सृजना गर्न प्रशिणले भुमिका खेल्ने बताउनुुभयो ।

पोखरा महागनरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुुरुङले कानुुनको अज्ञानता क्षम्य नहुने बताउदै जनप्रतिनिधि र कर्मचारीले आफना अधिकार बारे जानकारी पाउनुुपर्छ भन्नुुभयो । हामी जनप्रतिनिधि र कर्मचारीलाई जाने वा नजानेर गल्ती गर्ने छुुट छैन् उहाँले भन्नुुभयो, “कानुुन जानिन भन्ने छुुट छैन् ।यो प्रशिक्षण कार्यक्रम प्रभावकारी हुुने छ ।”

 

उहाँले जनप्रतिनिधि र कर्मचारीलाई यस्ता प्रशिक्षण आवश्यक रहेको बताउदै संविधानले दिएका अधिकार, स्थानीय सरकार संचालन ऐनका बारेमा स्पष्ट भए काम गर्दा सहज हुने बताउनुुभयो । सोमबारसम्म चल्ने प्रशिक्षण कार्यक्रममा स्थानीय सरकार सञ्चालन ऐन २०७४ परिच्छेद परिचय, वडा समितिको काम, कर्तब्य र अधिकार, योजनाको अवधारणा, योजनाको चरणहरु र योजना तर्जुममा वडाको भुमिका योजना छनौट सम्बन्धि खेल तथा योजना निर्माण स्थानीय शासन विज्ञ डा.सीता ढुुंगाना, स्थानीय तहका पदाधिकारीहरुको काम, कर्तब्य र अधिकार, नेपालमा संघिय शासन प्रणाली र तहगत अन्र्तगत सम्वन्ध,वडाबाट हुुने सिफारिस प्रमाणीत, वडा सचिवहरुको काम कर्तब्य र अधिकारहरु,सुचनाको हक, कानूनी व्यवस्था, जनप्रतिनिधी र कर्मचारीवीचको अन्र्तर सम्बन्ध बारे संविधान विद् काशीराज दाहाले प्रशिक्ष दिनुुहुने छ ।

 

यस्तै स्थानीय तहको वि त्त व्यवस्थापन र आर्थिक कार्य प्रणाली बारे पोखरा महानगरका बित्त महाशाखा निर्देशक जयराम पौडेल र नागरिकता सिफारिसमा ध्यान दिनुुपर्ने कुराहरुका बारेमा कास्कीका सहायक प्रमुुख जिल्ला अधिकारी गुुरुदत्त ढकालले प्रशिक्षण दिने पोखरा महानगरका प्रशासन महाशाखा प्रमुुख कृष्णप्रसाद तिवारीले जानकारी दिनुुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...