पोखरा, फागुुन १ गते ।पोखरा महानगरपालिकाले महानगरभित्र मसीले लेखिएको छापिएको वा रंङ्गाइएको कागजलाई प्रयोेग नगर्न अनुरोध गरेको छ । कुनैपनि खाद्य उत्पादक, व्यवसायी वा विक्रेताले खाद्य प्रदार्थको सिधा सम्पर्कमा आउने गरी मसीले लेखिएको छापिएको वा रंङ्गाइएको कागजलाई प्रयोेग नगर्न अनुुरोध गरेको हो ।
नेपाल सरकार कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले खाद्य ऐन २०२३ को दफा(७) मा भएको अधिकार प्रयोग गरी खाद्य बस्तुुको गुणस्तर निर्धारण सम्वन्धमा २०८० जेठ २५ गते राजपत्रमा सुचना प्रकाशित गरी खाद्य प्रदार्थमा यस्ता प्रकारका काजगहरुको प्रयोग नगर्न सुचना प्रकाशित गरेको भन्दै महानगरले त्यसलाई कार्यान्वयनका लागि यस्ता प्रकारका कागजमा खाद्य बस्तु राखेर बिक्री वितरण गर्न प्रतिबन्ध गरेको हो ।
खाद्य ऐन २०२३ दफा ५ को उपदफा(२) बिपरित हुने भएकाले सोही अनुसार कारबाही गर्न सकिने व्यवस्था रहेको छ ।ऐनको उल्लघन गरेमा प्रमुख जिल्ला अधिकारीले दश हजार रुपैयाँ सम्म जरिवाना गर्न सक्ने ब्यवस्था रहेको छ ।
यसैवीच सोही ऐन कार्यान्वयनका लागि पोखरा महागनरले अनुुगमन समेत गरेको छ । पोखराको पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा रहेका जेरपुुरी तरकारी, पकौडा र मासु फ्राई गरेर बिक्री गर्ने चार पसलमा लेखेका कागजमा खाद्य सामाग्री राखेर नबेच्न पहिलो पटक सचेत गराइएको पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुुभयो ।