एल.आर.आईले मनायो ३६ औं स्थापना दिवस

 बिपना भट्टराई/  काठमाडौं – नेपालकै प्रतिष्ठित विद्यालय एल.आर.आईले ३६ औं वार्षिक स्थापना दिवस मनाएको छ ।काठमाडौं स्थित कलंकीमा रहेको लर्निङ रिलम इन्टरनेसनल स्कुलले स्थापना दिवस कार्यक्रमको प्रमुख अतिथिमा  भारतीय दूतावास स्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको निर्देशक डा.अश्‍वरी बापटलाई आमन्त्रण गरेको थियो ।

स्थापना दिवसको अवसरमा विभिन्न विधामा शिक्षक,कर्मचारी,विद्यार्थी साथै समाजमा प्रतिष्ठित व्यक्तिहरुलाई अवार्ड प्रदान गरेको हो ।पर्दा पछाडी रहेर काम गर्नेलाई समेत स्कुलले अवार्ड प्रदान गरेको छ । विद्यालय क्यान्टिनका सेफ चक्र बहादुर चन्दलाई समेत अवार्ड प्रदान गरेको थियो ।

विद्यालयका प्राचार्य देवकान्त जोशीले विभिन्न कठिनाइ चिर्दै विद्यालय यहाँसम्म आइपुगेको बताएका थिए । करिब १ सय विद्यार्थी बाट भाडाको घरमा सुरुवात गरेको विद्यालय अज ३ हजार विद्यार्थी सहित आफ्नै भवनमा आइपुग्नुमा अभिभावकको अपार माया र विश्वास साथै शिक्षक कर्मचारीको मिहेनत रहेको भन्दै जोशीले धन्यवाद दिएका छन् ।

स्थापना दिवसको अवसरमा स्कुलका संस्थापक शिवराज पन्तका गुरु लक्ष्मण राजबंसीको स्मरण गरिएको थियो । लक्ष्मण राजबंशी सिद्धार्थ वनस्थली संस्थानका संस्थापक प्रधानाध्यापक तथा प्रतिनिधिसभाका संसदका सदस्य थिए।स्थापना दिवसको अवसरमा सिद्धार्थ वनस्थली संस्थानका हाल प्रधानाध्यापक रुपक राजबंशी दम्पतीलाई विशेष अतिथिको रूपमा आमन्त्रण गरिएको थियो ।

स्थापना दिवसमा विभिन्न स्वदेशी तथा विदेशी नृत्य,बाजा तथा संगीत प्रस्तुत गरिएको थियो ।कार्यक्रममा प्रमुख अतिथि डा.अश्‍वरी बापटले स्कुलले गरेको प्रगतिको प्रसंशा गरेकी थिइन् । विद्याले मानिस मरेपछि होईन जीवन रहदै मानिसको जीवनलाई स्वर्गीय बनाउने काम गर्ने बताइन् । उनले गुरुलाई सदैव शिरमा राखेर देखाएको मार्गमा लाग्न समेत आग्रह गरिन ।

कार्यक्रममा बोल्दै यशोधरा पन्तले विद्यार्थीहरूमा रहेको अन्तरनिहीत क्षमतालाई प्रस्फुटन गर्न विद्यालयले निरन्तर लागिरहेको कारण यहाँ सम्म आइपुगेको बताएकी थिइन् । स्थापना दिवस कार्यक्रममा चिनियाँ,जापानी,भेतनामी, कोरियाली लगायत देशका प्रतिनिधिहरुको उपस्थिति थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...