केपी ओली विद्यालयस्तरिय सडक दौड प्रतियोगितामा बादल प्रथम

शनिबार लेखनाथमा सम्पन्न विद्यालयस्तरीय ५ किलोमिटर दौडमा कास्की मोडनाईजका बादल कार्की प्रथम, छोरेपाटन माविका तेन्जोङ रोका द्धितीय र सैनिक आवासिय माविका नारायण रानाभाट तृतीय भए । उनीहरुले क्रमशः ७, ५ र ३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

 

यस्तै विद्यालयस्तरीय छात्रातर्फ छोरेपाटन माविका विष्णु थापा प्रथम, गौरीशंक माविका करिवा मगर द्धितीय र मेधराज सामुदायिक विद्यालय घाचोकका एन्जिला जिटी तृतीय भए । उनीहरुले क्रमशः ७, ५ र ३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

 

यस्तै खुल्ला महिला ५  किलोमिटर सडक दौडतर्फ नितु तामाङ प्रथम, तनहुँ भिमादका ममता कुमाल द्धितीय र पोखराका रेवती तिमल्सिना तृतीय भए । उनीहरुले क्रमशः ७, ५ र ३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

 

यस्तै पुरुष भेट्रानतर्फ पोखराका विष्णुलाल श्रेष्ठ प्रथम, शंकर शाह द्धितीय र ओमबहादुर थापा तृतीय भए । उनीहरुले क्रमशः ७, ५ र ३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

 

प्रतियाेगिताका विजेता खेलाडीलाई पाेखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, महानगर कार्यपालिका सदस्य मन्दिरा गाैतम, वडा नम्बर २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङ सुर्यतारा क्लबका अध्यक्ष विष्णु पुन लगायतले नगद, प्रमाणपत्र र मेडल प्रदान गर्नुभएकाे थियाे ।

 

नेपाल खेलकुद महासंघ गण्डकी र सूर्य तारा क्लब पोखराको संयुक्त आयोजनामा चैत ३ देखि ११ गतेसम्म सञ्चालन हुने खेलकुद महोत्सवमा आयोजित विद्यालयस्तरीय प्रतियोगिता वार्षिक परीक्षाको कारण निर्धारित मितिबाट अगाडि नै सञ्चालन गरिएको संयोजक विष्णु पुनले बताए ।

 

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...