विन्देश्वरी क्लबले आयाेजना गरेकाे पुरुष भलिबलको उपाधि अन्नपूर्ण क्लबलाई

पाेखरा, फागुन २६ गते । श्री विन्देश्वरी युवा क्लबकाे रजतजयन्तीकाे  अवसरमा आयाेजित पुरुष भलिबल प्रतियाेगिताकाे उपाधि कास्कीको अन्नपूर्ण गाउँपालिकाकाे अन्नपूर्ण क्लबले जितेकाे छ ।

अन्नपूर्ण युवा क्लबले पाेखरा १९ काे ग्रिन फाेर्स क्लबलाई साेझाे सेटमा पराजित गर्दै उपाधिमा ह्ययाटिक गरेकाे हाे  ।अघिल्ला दुई प्रतियाेगिताकाे उपाधि समेत जितेकाे थियाे ।

शनिबार भएकाे फाइनल खेलमा अन्नपूर्ण ले ग्रिन फाेर्स क्लबलाई  २५-१२,२५-२३, २५-२२ काे साेझाे सेटमा पाखा लगाउदै उपाधि माथि तेस्रोपटक कब्जा जमाएकाे हाे ।

 

अन्नपूर्णले उपाधिसंगै नगद ६० हजार रुपैयाँ,ट्रफि,मेडल र प्रमाणपत्र जितेकाे छ ।उपविजेता ग्रिन फाेर्स क्लबले नगद ४० हजार सहित ट्रफिमा चित्त बुझाउन बाध्य भयाे ।प्रतियाेगितामा २२ टिमले सहभागिता जनाएका थिए ।

 

विजेता खेलाडीलाई पाेखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, पाेखरा, १९ का वडा अध्यक्ष पुष्पेन्द पाण्डे, क्लबका अध्यक्ष थम प्रसाद केसीले नगद, ट्रफि र प्रमाणपत्र वितरण गर्नुभयो ।

 

 

प्रतियाेगितामा ग्रिन फाेर्सका समीर गुरुङ वेष्ट ब्लकर, बेष्ट डिफेन्डर अन्नपूर्णका निरज धमाल, बेष्ट सटर अन्नपूर्णका अनिस गुरुङ र  उत्कृष्ट खेलाडी अन्नपूर्णका सचिन परियार घाेषित भए ।

 

 

कार्यक्रममा पाेखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, वडाअध्यक्ष पुष्पेन्द पाण्डे, एमाले वडा कमिटि अध्यक्ष विष्णु गाैतम, नेपाली काँग्रेस कास्कीका  सहसचिव शंकर ढुंगाना लगायतले बाेलेका थिए भने विन्देश्वरी क्लबका अध्यक्ष थम प्रसाद केसीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियो ।

 

यसैबीच क्लवले रजतजयन्तिका अवसरमा क्लबका पूर्वअध्यक्ष, क्लबलाई सहयाेग गर्ने सहयाेगीलाई सम्मान समेत गरिएको थियाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...