पोखरा र ललितपुर उद्योग वाणिज्य संघबीच सहकार्यको सहमति

पोखरा, चैत । पोखरा र ललितपुर उद्योग वाणिज्य संघबीच पर्यटन तथा हस्तकला उद्योगमा सहकार्य गर्ने सहमति बनेको छ । अध्ययन अवलोकन भ्रमणको क्रममा मंगलबार पोखरा आएको ललितपुर उद्योग वाणिज्य संघको स्वागतमा आयोजित अन्तत्र्रिmया कार्यक्रममा सो सहमति जुटेको हो । पोखरा पर्यटकीय राजधानी घोषित सहर हो भने ललितपुलाई विश्व हस्तकला संघले हस्तकलाको राजधानी घोषणा गरेको छ । नेपालबाट निर्यात हुने ८० प्रतिशत हस्तकलामा सामग्रीहरु ललितपुरमै उत्पादन हुन्छन् ।

अन्तरक्र्रिया कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संंघ विकासको अभियन्ता भएको जिकिर गरे । पोखराको शिक्षा, स्वास्थ्य र पर्यटन विकासका संघले खेलेको भूमिकाबारे चर्चा गर्दै उनले भने,‘पोखरा उद्योग वाणिज्य संघ व्यापारीको संस्थामात्र नभएर सामाजिक जागरण र विकासको अभियन्ता हो ।’

 

उनले पोखरा उद्योग वाणिज्य संघले हस्तकलासहितका मौलिक नेपाली उत्पादनहरुको बिक्री र प्रदर्शनीको लागि कोसेली घर निर्माणको अभियान थालेको बताउँदै सो अभियानमा  ललितपुरसँग सहकार्य गरिने बताए । ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वलाल बज्राचार्यले हस्तकलाको लागि ललितपुर प्रख्यात रहे पनि पुरानो पुस्ताको सीप नयाँ पुस्तामा हस्तान्तरण नहुँदा समस्या देखिएको बताए ।

 

ललितपुर उद्योग वाणिज्य संघले सीप हस्तान्तरणको लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको उनको भनाइ थियो । पोखरा उद्योग वाणिज्य संघका वाणिज्यतर्फका उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद र महासचिव बलराम आचार्यको संचालन रहेको कार्यक्रममा बोल्दै ललितपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मनोजबहादुर न्याचुनले बजार अनुगमनको नाममा व्यवसायीलाई दुःख दिने काम बन्द गर्नुपर्ने बताए । कार्यक्रममा लतिपुर उद्योग वािणज्य संघकी सर्जना श्रेष्ठ,सुजन बज्राचार्यलगायतले पोखरा उद्योग वाणिज्य संघका गतिविधि तथा यहाँको पर्यटन उद्योगको अवस्थाबारे जिज्ञासा राखेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...