म्याराथनमा आर्मीका धावक सञ्जय श्रेष्ठ प्रथम

पाेखरा, बैशाख १ गते ।राष्ट्रिय खुल्ला लेखनाथ हाफ म्याराथनमा नेपाल आर्मीका धावक सञ्जय श्रेष्ठ प्रथम भएका छन् । शनिवार सम्पन्न म्याराथनको निर्धारित २१ कि.मी दुरी १ घण्टा ४ मिनेट ४७ सेकेन्डमा पुरा गर्दै आर्मीका श्रेष्ठ प्रथम भएका हुन् ।

म्याराथनमा एपिएफका किरण बोगटी १ घण्टा ६ मिनेट ३३ सेकेन्डमा निर्धारित दुरी पार गर्दै द्धितिय भएका छन् भने, प्रथम संस्करणका विजेता त्रिभुवन आर्मी क्लबका रामजी बस्नेत १ घण्टा ९ मिनेट २९ सेकेन्डमा दुरी पुरा गर्दै तृतीय भएका छन् । यस्तै सशस्त्र प्रहरीका खिमबहादुर चौँठो, नेपाल आर्मीका प्रताप खड्का पाँचौँ र पोखरा १७ का चेतनाथ चालिसे पोखरा च्याम्पियन भएका छन् ।

 

म्याराथनका विजेताहरूले क्रमशः नगद रु.६० हजार, ३० हजार, २० हजार, १० हजार र ५ हजार पुरस्कार पाएका छन् । पोखरा च्याम्पियन भएका चालिसे भने नगद रु.१० हजार प्राप्त गरेका छन् ।

 

यस्तै १० किलोमिटर खुला पुरुष दौडमा आर्मीका श्रीकश राई प्रथम, सुवास कार्की द्धितिय, गण्डकी मेडिकल कलेजका अजित कुमार यादव तृतीय, सोही कलेजका दिनेश बोगटी चौँठो र एपीएफका राजेन्द्र तामाङ पाँचौँ भएका छन् । १० किलोमिटर महिला तर्फ आर्मीकी पूर्णलक्ष्मी न्यौपाने प्रथम, नेपाल पुलिसकी राममाया बुढा द्वितीय र आर्मीकी सिर्जना पाण्डे तृतीय भएका छन् । एपीएफकी पुष्पा भण्डारी चौँठो र एपीएफकै आशा राउत पाँचौँ भएकी छिन् ।

 

१० किलोमिटरको महिला÷पुरुष राष्ट्रिय खुला दौड तर्फ विजेताले नगद रु.३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै तृतीय, चौँठो र पाँचौँ हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् ।

 

भेट्रान्स ५ किलोमिटरमा काठमाडौँका धर्म महर्जन प्रथम, धादिङका रैवतबहादुर दाहाल द्वितीय र पोखराका विश्वलाल श्रेष्ठ तृतीय भएका छन् । भेट्रान्सतर्फको विजेताले १० हजार, उपविजेताले ७ हजार, तृतीयले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

 

विद्यालय छात्रतर्फ ५ किलोमिटर कास्की मोडनाइज्ड एकेडेमीका बादल कार्की प्रथम, कुमुदिनी होम्सका कृष्ण परियार द्वितीय, भद्रकाली माविका गङ्गा गुरुङ तृतीय, सोही विद्यालयका इमबहादुर गुरुङ चौँठो र छोरेपाटन माविका तेञ्जोन रोका पाँचौँ भएका छन् । छात्रातर्फ रेन्बो एकेडेमीकी शर्मिला विक प्रथम, कालिका माविकी स्वीकृति कार्की द्वितीय, छोरेपाटन माविकी नारायणी भण्डारी तृतीय भएका छन् । छोरेपाटन माविकी विष्णु थापा चौँठो र गौरीशङ्कर माविकी कविता मगर पाँचौँ भएकी छिन् ।

 

 

५ किलोमिटर विद्यालय छात्रछात्रा दौडको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार, तृतीयले ५ हजार, सान्त्वनाले ३ हजार र पाँचौँले २ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसअघि म्याराथनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको थियो । विजेता धावकहरूलाई पोखरा नगर प्रमुख आचार्य, पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगी, पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदार लगायतले पुरस्कार वितरण गर्नुभयो ।

 

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला एथ्लेटिक्स सङ्घको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा ४ सय बढी खेलाडीहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...