‘प्रथम पञ्चासे जैविक विविधता सम्मेलन’ जारी, आज विशेष सत्र

पोखरा । पञ्चासेको सान जैविक विविधता र पर्यापर्यटन भन्ने मूल नारा सहित पञ्चासे पर्यापर्यटन महोत्सव तथा प्रथम पञ्चासे जैविक विविधता सम्मेलन आजपनि जारी छ ।

पञ्चासे ईको टुरिजम प्रालिको आयोजनामा पञ्चासेक्षेत्र अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरे देउरालीमा तीन दिनसम्म हुने सम्मेलनमा शनिबार पर्यावरणीय पदयात्रा तथा विभिन्न मौलिक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

सम्मेलनमा आइतबार (आज) विशेष सत्र प्रस्तुतिका रुपमा कार्यपत्र प्रस्तुति सँगसँगै सुनाखरी, चरा र जैविक विविधता अवलोकनको कार्यमूलक सेसन सञ्चालन गरिनेछ । जसमा खुला सत्रको सन्देश दिनेगरि सञ्चालन गरिने सम्मेलनमा वक्ताको रुपमा जैविक विविधता विज्ञ डा. हुम गुरुङ, सुनाखरी वैज्ञानिक भक्त वहादुर रस्कोटी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकीका सचिव डा. रामचन्द्र कँडेल, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) गण्डकीका प्रमूख डा. रविन कडरिया, पर्यटन विज्ञ डा. राम्जी शर्मा, पर्यटन विज्ञ डम्वर पुन, चरा विज्ञ मन्सान्त घिमिरे र वुद्धिजीवी डा. अमर नागिला लगायत सहभागी हुने आयोजकले जनाएको छ ।

कार्यक्रम अन्तर्गत तेस्रो दिन (भोली) योगा र आध्यात्म शिविर र जंगल परिभ्रमण पदयात्रा गरि जंगलकै वीचमा सुनाखरी सत्र सञ्चालन गरि कार्यमूलक अवलोकन समेत गरिने पञ्चासे ईको टुरिजमले जनाएको छ ।

सम्मेलनले अन्तर्राष्ट्रिय स्तरमै फरक सन्देश दिएर आगामी सम्मेलनलाई अन्तर्राष्ट्रिय स्तरमा समेत स्थापित गर्दै आवधिक रुपमा सम्मेलन सञ्चालन गर्दै लैजाने आयोजक पञ्चासे ईको टुरिजमको तयारी छ । आगामी वर्षदेखि पञ्चासे ईको टुरिजम प्रालिले पञ्चासे साँस्कृतिक कार्यक्रम, पञ्चासे पर्यापर्यटन महोत्सव र पञ्चासे जैविक विविधता सम्मेलन गरि वार्षिक तीनवटा ईभेन्ट सञ्चालन गर्ने तयारी गरेको छ ।

आइतबार भएको उदघाटन सत्रमा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष देवेन्द्र केसी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुवहादुर केसी, युएसएड जल जंगल गण्डकीमा प्रमुख मनवहादुर विक, कृषि विकास बैंक गण्डकीका प्रमुख घनेन्द्र अधिकारी, गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारी, जनप्रिय क्याम्पसका प्रमूख लोकराज भण्डारी, अन्नपूर्ण ४ का वडाध्यक्ष आइन्दल गुरुङ, पञ्चासे ईको टुरिजमका अध्यक्ष नवराज पौडेललगाएतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...