पोखरा महानगर खेलकुुद विकास समितिले मार्शल आर्ट फेष्टिबल गर्ने

पोखरा, बैशाख १० गते । बैशाख अन्तिममा पोखरामा मार्शल आर्ट फेष्टिबल आयोजना हुने भएको छ ।पोखरा महानगरपालिका खेलकुद विकास समितिले बैशाख अन्तिममा फेष्टिबल आयोजना गर्न लागेको जानकारी दिएको हो । मार्शल आर्टका ६ वटा खेलहरुको एकैपटक प्रतियोगिता गर्दै फेष्टिबलका रुपमा आयोजना गर्न लागेको सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए ।

मार्शल आर्ट अन्र्तगत कराँते, तेक्वान्दो, उसु, फुल कन्ट्याक्ट कराँते, आईटिएफ तेक्वान्दो, जुडो, र हप्किडो गर्ने योजना रहेको महानगर खेलकुद विकास समितिले उल्लेख गरेको छ । महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादु गोदारका अनुसार फेन्सिङ भने राष्ट्रियस्तरको आयोजना गर्ने तयारी भैरहको बताए ।

 

त्यस्तै गरी महानगर खेलकुद विकास समितिले कास्की जिल्ला बक्सिङ संघसँगको समन्वयमा राष्ट्रिय बक्सिङ प्रतियोगिता गर्ने समेत उल्लेख गरेको छ । राष्ट्रिय मुआथाई, पोखरा राष्ट्रिय रग्बी सेभेन, मोहन भुगोल फाण्डेशनसँगको सहकार्यमा राष्ट्रियस्तरको व्याडमिन्टन प्रतियोगिता लगायतका कार्यक्रम गर्ने महानगरपालिका खेलकुद विकास समितिले जनाएको छ । तेस्रो मेयर कप राष्ट्रिय साईकल दौडलाई पनि समावेश गरिएको छ ।

 

महानगपालिका प्रमुख धनराज आचार्यले खेलकुदलाई बजेट अपुग भएको स्वीकार्दै महानगरपालिका केवल सहयोगी मात्रै भएको उल्लेख गरे । उनले महानगरपालिकाले प्रवद्र्धनात्मक प्रतियोगितासँर्ग केही प्रतियोगिता आयोजना गर्ने जनाउँदै अधिकांश खेल संघसँग समन्वय गरेर प्रतियोगिता आयोजना गर्ने स्पष्ट पारे । महानगरपालिकाले महानगरभित्र खेलकुदको आवश्यक पूर्वाधार तयार गर्न प्रस्ताव माग्ने जनाउँदै प्रस्ताव अनुसार पूर्वाधारमा लगानी गर्ने योजना रहेको महानगर प्रमुख आचार्यको भनाई थियो ।फेष्टिबल सम्पन्न गर्न ६ लाख रुपैयाँ बजेट बिनियोजना गरिएको बताइएको छ । त्यस्तै राष्ट्रिय बक्सिङलाई ४ लाख बजेट खेलकुद विकास समितिले विनियोजन गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...