दावी पेश गर्दा सभामुखकाे हस्ताक्षर गरेका छैनाै :मुख्यमन्त्री अधिकारी

पाेखरा, बैशाख ११ गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले असंवैधानिक रुपमा सरकार गठन नभएकाे बताउदै सर्वोच्च अदालकाे निर्णयलाई स्विकार गर्ने बताएका छन ।

पाेखरामा संचारकर्मिसंग कुरा गर्दै मुख्यमन्त्रीमा दावी पेश गर्दा सभामुखकाे हस्ताक्षर नरहेकाे बताउदै बहुमत सांसदकाे आधारमा दावी पेश गरेकाे र प्रदेश प्रमुखले विश्वासको मत प्राप्त गर्न सक्ने लागेका कारण मुख्यमन्त्री नियुक्त गरेकाे बताए ।

 

मुख्यमन्त्री अधिकारीले प्रदेश प्रमुखले दिएकाे समयसिमाभित्रै दावि पेश गर्नुपर्ने भएकाले अगाडि पेश गरेेकाे बताउदै भने, लाेकसेवाकाे परीक्षा हाेइन ठ्याक्कै त्यहि मितिमा हुने ।एकसाताभित्र जहिले पनि पेश गर्न पाइन्छ ।संसदका ३० जना सांसद सहित दावि पेश गरेकाले  मुख्यमन्त्री नियुक्त गरियाे ।

 

उनले काँग्रेसका तर्फबाट दावि पेश गर्न सक्ने अवस्था नरहेकाले भएन भन्दै काँग्रेसले सर्वोच्चमा दर्ता गरेकाे मुद्दा बदर याेग्य रहेकाे समेत दावी गरे ।उनले काेेशी र गण्डकीकाे अवस्था एउटै नभएकाे जिकिर गर्दै आफुसंग बहुमत रहेकाे त्यसलाई संसदबाट पुष्टि गर्ने बताए ।मुख्यमन्त्री अधिकारीले संविधानले सरकार विहिनताकाे कल्पना नगरेकाे र तत्कालीन मुख्यमन्त्रीले राजिनामा दिएपछि बहुमत सदस्य रहेकाले मुख्यमन्त्री नियुक्त भएकाे बताए।

 

उनले सरकारले नियमित काम गर्न पाउने बताउदै काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले हालेकाे पुरक मुद्दा फिर्ता  गरेकाे बताए । उनले संसद बैठक राख्न नपाउने र नियमित काम गर्न नपाउने भन्ने कुरा गलत सावित भएपछि फिर्ता लिएको बताए ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...