गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

पाेखरा, बैशाख २३ गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्। आइतबार साँझ मुख्यमन्त्री अधिकारीले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत प्राप्त गरे ।


अधिकारीले राखेको विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका २७ सांसदले मत खसेका छन्। राप्रपाका दुई जना जना तटस्थ बसेका छन्। मतदानमा ५९ जना सांसद सहभागी थिए।

विश्वासको मतको पक्षमा ३० रहेकाले सर्वोच्चको फैसलाको मर्म अनुरुप प्रदेश सभामा ५९ सदस्य हुने र त्यसकाे बहुमत ३० रहेकाले विश्वासको मत प्राप्त गरेकाे घोषणा गरे।

 

अधिकारीले विश्वासको मत प्राप्त गरेकाे घाेषणा गरेवपछि कांग्रेस सांसदहरूले नाराबाजी गरेको थिए। सभामुख धितालले घोषणा गरेपश्चात बैठक अनिश्चित स्थगित रुपमा स्थगन भएकाे बताए ।

 

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा आज विश्वासको मत मागेका हुन्।

 

उनी एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र सांसद राजीव गुरूङ (दीपक मनाङे)को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। अधिकारीको नियुक्ति असंवैधानिक भन्दै गण्डकी कांग्रेसका संसदीय दलका नेता एवं निर्वतमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर अदालतले उक्त रिट खारेज गरिदिएको थियो।

 

सर्वोच्चले रिट खारेज गरिदिएपछि अधिकारीले आज विश्वासको मत मागेका थिए।सर्वाेच्चले सभामुख बाहेक बहुमत पुग्ने देखिएकाे भन्दै विश्वासको मतबाट परिक्षण गर्ने फैसला गरेकाे थियाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...