नेपाल चार्टर्ड एकाउन्टेण्ट संघ गण्डकीको प्रमुखमा अनिल र कास्की सभापतिमा विवेक निर्वाचित

पोखरा । नेपाल चार्टर्ड एकाउन्टेण्ट संघ (एक्यान) गण्डकी प्रदेशको प्रमुखमा सिए अनिल लामिछाने निर्वाचित भएका छन् ।

संस्थाको शनिबार पोखरामा सम्पन्न अधिवेशनले लामिछानेलाई प्रदेश प्रमुखमा निर्विरोध निर्वाचित गरेको हो ।

नवनिर्वाचित प्रमुख लामिछानेले संघका गतिविधिलाई थप विस्तार गर्दै सदस्यहरुको हक, हित र अधिकारका लागि काम गर्ने प्रतिवद्धता जनाए ।

त्यसैगरि शनिबार नै भएको चार्टर्ड एकाउन्टेन्ट संघ कास्कीको अधिवेशनबाट सभापतिमा विवेक श्रेष्ठ निर्वाचित भए । त्यस्तै उपसभापतिमा दीपक भुर्तेल, सचिवमा सागर आचार्य र कोषाध्यक्षमा पुरोचन उदास निर्विरोध भएभने सदस्यहरुमा समिप भत्र्ति थकाली, प्रकाश पौडेल, सरोज पराजुली, उभेककुमार श्रेष्ठ र सविना महर्जन निर्विरोध निर्वाचित भए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...