टाइगर कप भलिबलबाट १८ लाख ३७ हजार बचत

पोखरा, बैशाख ३१ गते । चौंथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला पुरष भलिबल प्रतियोगिताबाट १८ लाख रुपैयाँ नाफा भएकाे छ । टाइगर ग्रुप अफ नेपालले साेमबार पत्रकार सम्मेलन मार्फत प्रतियाेगिताकाे आय ब्यय सार्वजनिक गर्दै १८ लाख ३७ हजार ४६४ रुपैयाँ बचत भएको जानकारी दिएकाे हाे । माघ १ देखि ६ गतेसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा प्रहरी प्रतियाेता सम्पन्न भएको थियाे ।

प्रतियोगितामा एक करोड २१ लाख ८८ हजार ८६१ रुपैयाँ आम्दानी भएको आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार एक करोड तीन लाख ५१ हजार ३९७ रुपैयाँ प्रतियोगिता सञ्चालनमा खर्च भएको छ । टिकट बिक्रीबाट मात्रै २२ लाख २२ हजार २२२ रुपैयाँ आम्दानी भएको हो । प्रदेश सरकार, पोखरा महानगरपालिका, प्रदेश खेलकुद परिषद् लगायतका संघ संस्था र देशविदेशमा रहने व्यक्तिबाट सहयोग आएको थियो ।

 

पुरस्कारमा मात्रै १९ लाख २४ हजार ४४० रुपैयाँ खर्च भएको छ । यातायात, अवासमा नेपाली टोलीलाई १४ लाख ९५ हजार दुई सय रुपैयाँ र विदेशी टोलीलाई १६ लाख ४७ हजार ७७५ रुपैयाँ खर्चिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलन आयव्यय सार्वजनिक गर्दै जानकारी गराइएको हो । महिला र पुरुषतर्फ ६/६ टोली प्रतियोगितामा सहभागी थिए । पुरुषतर्फ श्रीलंकन आर्मी टीम र महिलातर्फ हरियाणा पुलिस क्लब भारत गरेर दुई विदेशी टोली सहभागी भएका हुन् ।

 

चौथो टाइगर कपमा पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको थियो । हेल्प नेपालले घरेलु टोली गण्डकीलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । महिलातर्फ विभागीय टिम एपीएफले जित्दै उपाधिमा ह्याट्रिक गर्‍यो । एपीएफले न्यू डायमन्ड क्लबलाई सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो पटक उपाधि विजेता होे ।

 

प्रतियोगिताबाट बचत रकम सामाजिक क्षेत्रमा खर्च गर्ने अध्यक्ष शर्माको भनाइ थियो । ‘स्वास्थ्य, शिक्षा एवम खेलकुद अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं’, शर्माले भने, ‘प्रतियोगिता व्यवस्थित बनाउन र खेलाडी, खेलकुद क्षेत्रको विकास गर्न छुट्टाछुट्टै अक्षयकोष बनाउने सोच बनाएका छौं ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...