राष्ट्रिय खेलकुद नीति २०८१ को मस्यौदामाथि पोखरामा छलफल

पोखरा,जेठ १८ गते । राष्ट्रिय खेलकुद नीति २०८१ को मस्यौदामाथि पोखरामा छलफल गरिएको छ । युुवा तथा खेलकुद मन्त्रालयको आयोजनामा राष्ट्रिय खेलकुद नीति २०८१ को मस्यौदा उपर पोखरामा गण्डकी प्रदेशका खेलकुद विकास समितिका पदाधिकारी, कर्मचारी, क्रियाशिल खेल संघसंस्था र खेलकुुद पत्रकारहरुसंग राय सुझावका लागि एक दिवसीय कार्यशाला गोष्ठी आयोजना गरि मस्यौदामाथि छलफल गरिएको हो ।

छलफलमा बोल्ने बक्ताहरुले खेलाडीहरुलाई खेलकुद ब्यवसायीक बनाउदै खेलाडीले जीवनयापन गर्न सक्ने अवस्था सृजना गर्नुुपर्नेमा जोड दिए ।उनीहरुले खेलकुद नीतिले खेलाडी र खेलकुद क्षेत्रको विकासमा भुमिका खेल्नुपर्ने बताए । गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले खेलकुदको मस्यौदाको प्रस्तावमा खेलकुदको मान्यतालाई , समावेश गर्नुपर्ने बताउदै संविधानमै खेलका बारेमा उल्लेख गरिएको बताए ।

 

उनले खेलाडी, स्वस्थ नागरिक उत्पादन गर्ने गरी राज्यको नीतिमा खेलकुदलाई समावेश गरिएको बताए । उनले प्रदेशलाई खेलकुदका पूर्वाधार हस्तान्तरण हुन नसकेको भन्दै गुनासो गरे । खेलकुद विकास ऐन अन्र्तगत भएका निर्णय कार्यान्वयन सकेको छ्रैन उनले भने । उनले खेलाडीको गरेको प्रर्दशनका आधारमा शैक्षिक योग्यता निर्धारण गर्नुुपर्ने र त्यसका लागि नीति बनाउनुपर्नेमा सुुझाव दिए । उनले भने, प्रदेश खेल्नेलाई एसइइ, राष्ट्रिय खेल्नेलाई कक्षा १२ को मान्यता र अन्तर्राष्ट्रिय खेल्नेलाई डिप्लोमा सम्मको मान्यता दिने गरि नीति बनाउनुपर्छ ।

 

कार्यक्रममा पूर्व खेलाडी खड्गबहादुर रानाभाट, गण्डकी प्रदेश खेलकुद महाशाखा प्रमुख प्रकाश देवकोटा लगायतले खेलकुदको मस्यौदाका बारेमा बोल्नेका थिए ।मस्यौदामाथि बाग्मती, कोशी, मधेश प्रदेश र गण्डकीमा छलफल सम्पन्न भएको छ । छलफलबाट आएका सुुझावले नीति बनाउन दिशानिर्देश गर्ने युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रुद्रप्रसाद अधिकारीले बताए । उनले प्राप्त सुुझावलाई नीति, कानुुन र कार्यविधिमा भएपनि समावेश गरिने भएकाले सुुझाव कार्यान्वयन हुदैन की भन्ने विषयमा शंका ब्यक्त नगर्न आग्रह गरे ।
उनले खेलकुद क्षेत्रमा सुधार आवश्यक रहेको बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...