‘जहिलेसम्म एमाले निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापीत हुन सक्दैन । त्यसबेलासम्म यो देशका समस्या समाधान गर्न सकिदैन, राष्ट्रियताको समस्या समाधान गर्न सकिदैन, राष्ट्रिय स्वाभिमानका मुद्दाहरु प्रभावकारी ढंगले उठाउन सकिदैन’ उहाँले भन्नुभयो ।
नेकपा (एमाले) पोखरा महानगरपालिका कमिटीका अध्यक्ष दिलिप न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य एवं कास्की जिल्ला इन्चार्ज थममाया थापा, केन्द्रीय सदस्य एवं पोखरा महानगर इन्चार्ज कृष्ण थापा, केन्द्रीय सदस्य एवं पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, कास्की जिल्ला कमिटी अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री, पोखरा महानगर उपाध्यक्ष मोहन गुरुङ र सचिव जीवन आचार्यले बोल्नुभएको थियो । आइतबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।