रक्तदानमा ३८ युनिट रगत संकलन

पोखरा, असार । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेश र लायन्स क्लब अफ पोखरा लेक भ्यालीद्वारा संयुक्त रुपमा आयोजित रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ ।


रक्तदानको शुुभारम्भ गर्र्दै पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णुुबहादुर भट्टराईले रक्तदान जीवनदान भएको बताउनुुभयो । पोखरामा आएका भारतीय पर्यटक बसहरू यहाँका स्थानीय दृश्यावलोकनका गन्तव्यमा समेत पुुग्दा यातायात व्यवस्थापनमा असहजका साथै यहाँका व्यवसायीहरू मर्कामा परिरहेको बताउँदै उहाँले यसका लागि सम्बन्धित निकायमा पहल गर्ने विश्वास व्यक्त गर्नुुभयो ।

 

एनटिभिए गण्डकीका अध्यक्ष एवम् लायन्स क्लब अफ पोखरा लेक भ्यालीका सचिव दुुर्गादत्त दहालले सामाजिक उत्तरदायित्व बहन गर्दै यस किसिमका कार्यक्रमलाई निरन्तरता दिदै आइएको बताउनुुभयो ।लायन्स क्लब अफ पोखरा लेक भ्यालीका अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का द्वितीय उपाध्यक्ष तारानाथ पहारीले प्रत्येक थोपा थोपा रगतको महत्व हुने बताउँदै रक्तदान अरुका लागि जीवनदान हुने उल्लेख गर्नुुभयो ।

 

एनटिभए गण्डकीका अध्यक्ष दुुर्गादत्त दहालको अध्यक्षता एवम् एनटिभिए गण्डकीका महासचिव एवम् कार्यक्रम संयोजक विकास कंडेलले सञ्चालन गर्नुुभएको कार्यक्रममा एनटिभिए गण्डकीका पूर्व अध्यक्ष एवम् सल्लाहकार बोबरजंग गुरुङ, सल्लाहकारहरू सोमबहादुर थापा, गणेशबहादुर सापकोटा, पर्यटन सम्बद्ध संघ संस्थाका अध्यक्ष एवम् प्रतिनिधि लगायतको उपस्थिति थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...