फेवातालमा माछा मार्ने क्रममा डुबेर सुकबहादुरकाे मृत्यु

पाेखरा, असार १२ गते । पाेखराकाे फेवातालमा माछा मार्ने क्रममा डुबेर बुधबार दिउँसो एक जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका –१८ खपौदी फेवातालमा माछा मार्ने क्रममा डुबेर ३३ वर्षीय सुकबहादुर मगरको मृत्यु भएको हो ।

दिउँसो साढे ४ बजेतिर तालमा डुब्नुभएका मगरलाई वडा प्रहरी कार्यालय बैदाम, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सवा ५ बजे उद्धार गरेको थियो ।

 

मगरलाई उद्धार गरी पश्चिम क्षेत्रीय अस्पतालमा पठाइएकोमा सवा ६ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । बागलुङ घर भए पनि मगर पोखरा १८ खपौदीमा बस्दै आएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...