पोखरा २७ सहेलपाटामा पहिरोले घर पुरिदा १ जनाको मृत्यु

पोखरा, असार २६ गते । अविरल वर्षाका कारण गएको पहिरोले घुुर पुरिदा पोखरामा एक जनाको मृत्यु भएको छ । आज विहान ४ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्वर २७ सहेलापाटा स्थित मनबहादुर थापाको घरमाथिबाट आएको पहिरोले पुुरिदा थापाका २२ वर्षिय छोरा भिमबहादुर थापाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

फाइल तस्विर

अन्दाजी २० मिटर माथिबाट पहिरो आई घर कोठा पुरिन गएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट प्रहरी टोली खटिई गई स्थानियको सहयोगमा खोज तथा उद्दार कार्य गर्दा ५० वर्षिय कमला थापालाई सकुसल उद्धार गरेको र छोरा भिम बहादुर थापा पहिरोले पुरिएको मृत अवस्थामा फेला पारेको जनाएको छ । उद्धारमा सशस्त्र प्रहरी बल नेपाल २४ नं गण कालिका गण मालेपाटनबाट टोली खटिएको जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...