पोखरा, साउन १४ गते ।पोखरामा सोमबार बिहान स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने २९ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–२१ फुस्रेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना भएको हो ।बसमा चालक, सहचालक र विद्यार्थीसहित ३० जना घाइते भएका छन् ।
पोखरा २१ कृष्तिकी वर्ष ३३ की आरती बि.कको मृत्युु भएको छ । अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । विद्यालयमा परिचाललिकका रुपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको गण्डकी मेडिकल कलेज, गण्डकी अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार जारी छ ।
ग१क ६३१९ नम्बरको बस सडकबाट झन्डै ५० मिटर तल खसेको कास्की प्रहरीले जनाएको छ ।घाइेतहरुको नाम तल उल्लेख छ ।
गण्डकी मेडिकल कलेजमा उपचाररत घाईतेहरु :-
१) जिल्ला कास्की पोखरा म.न.पा. २१ कृष्ती बस्ने वर्ष ९ को अनमोल बि.क., अबस्था मध्यम ।
२) ऐ.ऐ. बस्ने बर्ष ५ को रोशन बराल, अबस्था मध्यम ।
३) ऐ.ऐ. रामदी बस्ने बर्ष १४ को दिप्सन कार्की, अबस्था मध्यम ।
४) ऐ.ऐ. बस्ने बर्ष ६ को योना गुरुङ, अबस्था मध्यम ।
५) ऐ.ऐ. बस्ने बर्ष १३ की डिना गुरुङ, अबस्था सामान्य ।
६) ऐ.ऐ. बस्ने बर्ष १५ की प्रकृती कार्की, अबस्था मध्यम ।
७) ऐ.ऐ. एकहाते बस्ने बर्ष ६ को प्रिन्स राना, अबस्था सामान्य ।
८) ऐ.ऐ. रामदी बस्ने बर्ष ७ की चिजा बि.क., अबस्था सामन्य ।
९) ऐ.ऐ. बस्ने बर्ष ९ को प्रवेश कार्की, अबस्था मध्यम ।
१०) ऐ.ऐ. बस्ने बर्ष १२ की विसिका पौडेल, अबस्था मध्यम ।
११) ऐ.ऐ. बस्ने बर्ष ११ को बिश्वास पौडेल, अबस्था सामान्य ।
१२) ऐ.ऐ. बस्ने अं. बर्ष ४/५ को प्रिन्स बि.क., अबस्था सिरियस ।
१३) ऐ.ऐ. एकहाते बस्ने बर्ष १२ की सिम्रन बि.क., अबस्था मध्यम ।
१४) ऐ.ऐ. रामदी बस्ने बर्ष ११ को विवश खत्री, अबस्था मध्यम ।
१५) ऐ.ऐ. बस्ने वर्ष ३३ की आरती बि.क., ऐ.०९:४१ बजे चिकित्सकद्वारा मृत घोषणा (सोही विद्यालयको कार्यालय सहयोगी) ।
पश्चिम क्षेत्रीय अस्पतालमा उपचाररत घाईतेहरु:-
१)जिल्ला कास्की पोखरा म.न.पा. २१ बस्ने बर्ष ८ की अनन्या पौडेल, अबस्था मध्यम ।
२) ऐ.ऐ. बस्ने बर्ष ३ की सिमन मगर, अबस्था मध्यम ।
३) ऐ.ऐ. बस्ने बर्ष ३ को न्युजन मगर, अबस्था मध्यम ।
४) ऐ.ऐ. बस्ने बर्ष ७ को रिजन मगर, अबस्था मध्यम ।
५) ऐ.ऐ. बस्ने बर्ष १२ को रामकृष्ण नेपाली, अबस्था मध्यम ।
६) ऐ.ऐ. बस्ने बर्ष २ को अंकित खत्री, अबस्था मध्यम ।
७) ऐ.ऐ. बस्ने बर्ष १४ की सितादेवी बि.क., अबस्था मध्यम (निज छोरेपाटन सेकेन्डरी स्कुलमा अध्ययनरत विद्यार्थी)।
८) ऐ.ऐ. बस्ने बर्ष ७ को अस्मित बि.क., अबस्था मध्यम ।
९) ऐ.ऐ. बस्ने बर्ष ३० की सुमित्रा सुनार, अबस्था मध्यम (निज बच्चाको फि तिर्न आएकी अविभावक) ।
१०) ऐ.ऐ. बस्ने बर्ष २ को निर्दोष सुनार, अबस्था मध्यम ।
११) ऐ.ऐ. बस्ने बर्ष ३० की सपना आले, अबस्था मध्यम, (शिक्षक) ।
१२) ऐ.ऐ. बस्ने बर्ष ११ को निश्चल सुनार, अबस्था मध्यम ।
मणिपाल शिक्षण अस्पतालमा उपचाररत घाईतेहरु:-
१) जिल्ला कास्की पोखरा म.न.पा. १७ बिरौटा बस्ने बर्ष ५५ को टेक बहादुर भुजेल, अबस्था मध्यम, (बस चालक) ।
२) ऐ.ऐ. २१ रामदी बस्ने बर्ष ८ को निशान सुनार, अबस्था समान्य ।
३) ऐ.ऐ. बस्ने बर्ष ५ को सागर थापा, अबस्था मध्यम ।