प्रेम लिम्बुले जिते बिश्व तेकान्दोमा रजत पदक

दक्षिण एशियाली खेलकुद सागका कास्य पदक बिजेता प्रेम बहादुर लिम्बुले विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा रजत पदक जित्न सफल भएका छन ।दक्षिण कोरियाको मुङयीयोङमा भएको प्रतियोगितामा लिम्बुले ब्यक्तिगत पुम्से बिधामा रजत पदक जित्न सफल भएको युएईमा रहेर तेक्वान्दो प्रशिक्षण गराई रहेका तेक्वान्दो प्रशिक्षक जगन अधिकारीले कोरियाबाट जनाएका छन् ।

प्रशिक्षक अधिकारीका अनुसार लिम्बुले पहिलो खेलमा युएसएका माइकललाई ८–७ अंकले पछी पार्दै जित आत्मासाथ गरेका थिए । दोस्रो खेलमा कोरियाका ट्याइलरलाई ८।१६६ – ७।६८३ अंकले हराउदै क्वाटर फाईनल प्रवेस गरेका लिम्बु क्वाटर फाईनलमा एलेक्सिसलाई ७।७४९ – ७।१४९ अंकले हराउदै सेमिफाइनल प्रवेश गरेका थिए । सेमिफाइनलमा जोवनलाई ७।९६६ – ७।७६६ अंकले हराउदै फाइनल सम्म पुगेका लिम्बु फाइनलमा मेक्सिकोका खेलाडी योन सियोक संग ७।८९९ – ८।०९९ को झिनो अंकले पछी पर्दै रजत पदक मै चित्त बुझाउनु बाध्य भए ।

 

५५ राष्ट्रका ४५०० खेलाडिहरुको सहभागिता रहेको प्रतियोगिता २६ जुलाई देखी सुरु भई आज ३० जुलाई सम्म चलेको थियो । यस अघी लिम्बुले दक्षिण कोरियाको सङनाममा सम्पन्न खुला अन्तर्राष्ट्रिय सङनाम तेक्वान्दो प्रतियोगिता २०२४ मा पनि रजत पदक जितेका थिए ।नेपालका लागी कोरियन प्रशिक्षक योङदल क्वानको प्रत्यक्ष निगरानिमा खेलीरहेका प्रेमले बिभिन्न अन्तराष्ट्रिय खेलहरुमा सहभागिता जनाएर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय १ दर्जन भन्दा धेरै पदकहरु जितेका छन् । प्रेमले रेफ्रि तथा प्रशिक्षकको तालिमहरु समेत लिएका छन ।

 

२०७३ देखी नेपाल पुलीस क्लबमा आवद्ध भएर तेक्वान्दो खेल्दै आएका उनले ८ औं र ९ औं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक, १९औं एसियन गेममा ५औं, एसियाली तेक्वान्दो हनमाडाङ च्याम्पियनसिप इन्डोनेसियामा कास्य पदक, माफिया अन्तर्राष्ट्रिय च्याम्पियनसिप थाइल्याण्डमा स्वर्ण पदक, शिनसुङ विश्वविद्यालय दक्षिण कोरियामा स्वर्ण पदक र ११ औँ सेङनाम अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जिती सकेका छन ।
२०२६ मा हुन लागेको २० औ एसियन गेमको लागी बन्द प्रशिक्षणमा रहेर त्यसको लागी तयारी गरिरहेका लिम्बु प्रतियोगिता सम्पन्न भए पस्चात अगस्ट ३ तारिक नेपाल फर्कने कार्यक्रम रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...