क्याटवाकको वार्षिकोत्सवमा रक्तदान तथा निशुल्क आँखा परीक्षण हुने

पोखरा । सञ्चालनका दौरानदेखि निकै चर्चामा रहेको पोखराको क्याटवाकले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर रक्तदान तथा निशुल्क आँखा परिक्षण कार्यक्रम गर्ने भएको छ ।

युवा पुस्ताको निकै रोजाइमा परिरहेको क्याटवाक क्लबले भदौ १ गते रक्तदानसँगै निशुल्क आँखा परीक्षण कार्यक्रमको आयोजना गर्न लागेको हो । वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अनुसार विभिन्न कार्यक्रम आयोजना गरिने क्याटवाकले जनाएको छ ।

क्याटवाकले यस अघिपनि वृद्धाश्रममा खाद्यान्न वितरण, गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी वितरण लगाएतका कार्यहरु गर्दै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...