पौडी पोखरी बनाउन पौडी संघद्वारा गण्डकी सरकारलाई ध्यानाकर्षण

पाृखरा । पोखरा रंगशालामा यथासिघ्र पौडी पोखरी निर्माण कार्य अघि बढाउन गण्डकी प्रदेश सरकारलाई गण्डकी प्रदेश पौडी संघले ज्ञापनपत्र बुझाइएको छ ।

संघले गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापालाई भेटेर बुधबार ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै थापाले पौडी पोखराीको आवश्यक्ता रहेको आफूलाई समेत महशुस भएको जनाउँदै प्रदेशको पौडी खेल विकासका लागि सरकार प्रतिवद्ध भएको बताए ।

जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँसहित गण्डकी प्रदेश पौडी संघका अध्यक्ष आनन्द कुंवर, सचिब अनिल थापा, पोखरा महानगर खेलकुदका निवर्तमान अध्यक्ष दिपक बहादुर गोदारसहितको टोलीलाई मन्त्री थापाले पोखरा रंगशालामा पौडी पोखरीको आफूले छिट्टै अवलोकन गर्ने र निर्माण कार्य बारे मन्त्रालयले पहल गर्ने आश्वासन समेत दिएको संघले जनाएको छ ।

मन्त्री थापाले दिएको आश्वासनमा पौडी संघका पदाधिकारीहरु उत्साहित बनेका छन् । संघका सचिव अनिल थापाका अनुसार मन्त्रालयले यस बारे गम्भिर रुपमा चासो लिएको र संरचना के कारणले रोकिएको हो सो को बारेमा मन्त्रीलाई नै विशेष ध्यानाकर्षण गराइएको जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...