१४औं सिधाने पञ्चासे बालाचतुर्दशी मेलामा विभिन्न खेलकुद प्रतियोगिता हुने

राजु गिरी, पोखरा । स्वास्थ्य र राष्ट्रिय एकताको सन्देशसहित ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ १४औं सिधाने पञ्चासे बालाचतुर्दशी मेला–२०८२ भव्य रूपमा आयोजना हुने भएको छ ।

 

मेलाको प्रमुख आकर्षणको रूपमा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता समेत सञ्चालन गरिने आयोजक पञ्चासे आदर्श क्लब, पोखरा–२३, भन्ज्याङले जनाएको छ ।

 

प्रतियोगितामा प्रथम हुने टिमले रु. १,००,०००, द्वितीयले रु. ६०,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलसम्म पुग्ने टिमहरूले पनि दर्ता शुल्क फिर्ता पाउनेछन् ।

 

यसैगरी, मेलामा अन्य मनोरञ्जनात्मक प्रतियोगिताहरू समेत आयोजना गरिने भएका छन् । छेलो फाल्ने, कुर्सी दौड र एकल नृत्य प्रतियोगितामा सहभागी हुनेले आकर्षक नगद पुरस्कार र प्रमाणपत्र पाउनेछन् ।

 

मेलाको मिति २०७२ मंसिर १, २ र ३ गते तय गरिएको छ भने स्थल पन्चासे हाई अल्टिच्युड खेलमैदान, पोखरा–२३, भन्ज्याङ रहेको छ ।

 

टिम दर्ता शुल्क रु. ८,००० राखिएको छभने खेलकुद संयोजक आयुष गुरुङ (९८४६८४०१०६) र इश्वर घले (९८६६२५२५२१) मार्फत सम्पर्क गरी सहभागिता जनाउन सकिने आयोजकले जानकारी दिएको छ ।

 

हर्पन काेट मा वि बिध्यालय ब्यावस्थापन समितिका अध्यक्ष हिमान सि गुरुङले मेला एतिहासिक रहेको र यसले ३ जिल्लाका खेलाडिहरु समेटेकाे जिकिर गरे । त्यस्तै निल गगन बिकास समाजका अध्यक्ष बैकुण्ठ पाैडेल पर्यटनको दिगाे बिकास र धार्मिकरूपमा पनि प्रसिद्ध रहेकाे पच्चासे क्षेत्र प्राकृतिक हिसाबले पनि अति सुनदर र सान्त ठाउँ रहेकाे बताए ।

 

पन्चासे आदर्श क्लबका अध्यक्ष बेद प्रसाद गुरुङका अनुसार कार्यक्रम संयोजक ईस्वर घले रहेका छन् भने खेल संयोजक जस बहादुर गुरुङ (आयुष ) रहेका छ्न् । त्यस्तै आर्थिक संयोजकमा दिनेश गुरुङ हुन् भने प्रचार प्रसार संयोजक खिम बहादुर गुरुङ रहेका छन् ।

 

विशेष सहयोगिमा पोखरा महानगरपालिका, पोखरा वडा २३ को कार्यलय, पन्चासे हर्पन डाडा यु के समाज यु के, सिधाने घर भएका जित बहादुर गुरुङ, बैकुण्ठ प्रसाद पौडेल, हिमान सिङ गुरुङ, हाेटल ताराका सन्चालक दिलिप गुरुङ, युके समाज रहेका क्लबका सचिव विजय थापाले जानकारी दिए ।

 

आयोजक क्लबका मेलाकै अवसरमा अशक्त र वृद्धहरूलाई टेक्ने लाठी वितरण गरिने पनि आयोजकले जनाएको छ । जसको संयोजक खिम बहादुर गुरुङ र चिजकाजी गुरुङ रहेका छन् । साथै पञ्चासे क्षेत्रलाई प्लास्टिक मुक्त क्षेत्र पनि घोषणा गरिने पनि आयोजकको तयारी छ ।

 

आयोजकका अनुसार यस वर्षको मेलाले खेलकुद, संस्कृतिको संरक्षण र सामुदायिक एकताको सन्देश फैलाउने उद्देश्य राखेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...