कास्की जिल्ला टेनिस संघको अध्यक्षमा राजकुमार सर्वसम्मत

पोखरा ।कास्की जिल्ला टेनिस संघको अध्यक्षमा राजकुमार गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । संघको पोखरामा सम्पन्न दशौँ वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले उहाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा नविन चालिसे, द्वितीय उपाध्यक्षमा नवीन श्रेष्ठ, सचिवमा भीष्मराज पौडेल तथा कोषाध्यक्षमा विष्णुबहादुर थापा निर्विरोध चयन हुनुभयो । समितिको सदस्यहरूमा धरमबहादुर लामिछाने, प्रदीप खड्का, प्रकासराज वाग्ले र माधव भण्डारी चयन हुनुभएको छ ।

नवनिर्वाचित पदाधिकारीहरूलाई गण्डकी प्रदेशका पूर्वमन्त्री समेत रहेका सांसद राजिव गुरुङले खादामाला अबिर लगाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा बोल्दै गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले राजिव गुरुङ खेलकुद मन्त्री हुँदा उहाँको कार्यकालमा प्रदेशले खेल क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको बताउनुभयो ।

 

गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले पोखरामा टेनिस खेलको सुरुवाती दिन स्मरण गर्दै खेलाडी तथा टेनिस प्रेमीहरूको एकता र सहकार्यलेनै टेनिस खेलले यति धेरै प्रगती गर्न सकेको बताउनुभयो ।

 

कास्की जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष केशवबहादुर थापाले गतिविधिका दृष्टिकोणले टेनिस संघ कास्कीको गतिशिल संघ भएको उल्लेख गर्नुभयो । संघका सल्लाहकार गोपीबहादुर भट्टराईले नवनिर्वाचित समितिलाई शुभकामना व्यक्त गर्दै यो समितिले टेनिस गतिविधिलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । अधिवक्ता विष्णुप्रसाद अधिकारीको संयोजकत्वमा दोर्जे लामा गोपी भट्टराई र केशव पाठक सदस्य रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको हो ।

 

यसअघि समितिका निवर्तमान अध्यक्ष लोक गुरुङको अध्यक्षतामा भएको उद्घघाटन समारोहमा बोल्दै अध्यक्ष गुरुङले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने विभिन्न सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै उहाँले पोखरामा टेनिस विकासको गति अब नरोकिने दाबी गनुभयो ।

 

कोषाध्यक्ष अनुज कुमार बाँस्तोलाले आर्थिक प्रतिवेदन पेश गर्दै टेनिसका विभिन्न गतिविधिहरू सञ्चालन गर्नका लागि आर्थिक रुपमा सहयोग गर्ने संघ संस्था तथा टेनिसका शुभचिन्तकहरूप्रति कृतज्ञता जाहेर गरेका गर्नुभयो । सचिव नवीन श्रेष्ठले सञ्चालन तथा कार्यप्रतिवेदन पेश गरेको कार्यक्रममा उपाध्यक्ष नवीन चालिसेले स्वागत मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...