खल्तीबाट वर्ल्डलिङ्क इन्टरनेटको पैसा तिर्दा ‘नामी’ ईभी जित्ने अवसर

पोखरा, ३० भदौ/ डिजिटल वालेट खल्तीले ‘खल्ती फुल दशैं’ अफर ल्याएको छ । खल्तीबाट वर्ल्डलिङ्कको इन्टरनेट नवीकरण गर्ने तथा नयाँ जडान गर्ने ग्राहकले ‘नामी ०१ ईथ्री’ ईभी जित्न सक्ने अफरमा छ ।

अफरमा सहभागी हुन वर्ल्डलिङ्कको सब्स्क्रिप्सन नवीकरण गर्नुपर्नेछ । एक महिना, तीन महिना, एक वर्ष वा २४ महिनाको सब्स्क्रिप्सन नवीकरण गर्ने ग्राहक यस अफरमा स्वतः सहभागी हुनेछन् ।

एक महिनाको सब्स्क्रिप्सन नवीकरण गर्ने ग्राहकले नामी ईभीका लागि एउटा भाउचर कुपन पाउनेछन् । त्यस्तै तीन र छ महिनाको भुक्तानी गर्ने ग्राहकले दुई ओटा र १२ महिना वा २४ महिनाको भुक्तानी गर्ने ग्राहकले ‍पाँच ओटा कुपन भाउचर पाउने जनाएको छ ।

यसरी भुक्तानी गर्ने ग्राहकको कुपन कोड तत्कालै एसएमएसमा आउनेछ । त्यही कुपनमा आधारमा ईभी विजेता घोषणा गरिने कम्पनीले जनाएको छ ।

त्यससँगै ग्राहकले हरेक हप्ता ‘विक्ली लक्की ड्र’मा सामसङका विभिन्न उत्पादनमा ३९ प्रतिशतसम्मको डिस्काउन्ट भाउचर जित्ने मौका पाउनेछन् । यसमा सामसङ फोरके टिभी, वाशिङ मेसिन, स्मार्टफोन, फ्रिज, माइक्रोवेभ लगायत छन् ।

त्यसैगरी यस अफरमा सहभागी ग्राहकले बोट ब्राण्डका विभिन्न प्रडक्टमा ५३ प्रतिशतसम्म छुट पाउने भएका छन् । बोट अफरको डिस्काउन्ट भाउचर पाउने ग्राहकले वायरलेस स्पिकर, एयरडप्स र स्मार्टवाचमा छुट पाउने कम्पनीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...