टीभीएस अर्बिटर विद्युतीय स्कुटर पाेखरामा सार्वजनिक

पोखरा । टीभीएस मोटर कम्पनीले आफ्नो नयाँ विद्युतीय स्कुटर टीभीएस अर्बिटर पोखरामा सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले पोखरामा अर्बिटर सार्वजनिक गरेको हो।

दैनिक सहरी यात्रालाई लक्षित गरी ल्याइएको अर्बिटरमा ३.१ किलोवाट घण्टाको ब्याट्री रहेको छ। कम्पनीका अनुसार यसले एक पटक चार्ज गर्दा आईडीसी परीक्षणअनुसार १५८ किलोमिटरसम्म यात्रा गर्न सक्छ।

 

अर्बिटरको मुख्य विशेषतामध्ये १४ इन्चको अगाडिको पाङ्ग्रा हो। यसले उबडखाबड सडकमा स्थिरता र सवारी चलाउँदा सहजता बढाउने कम्पनीको दाबी छ। स्कुटरमा क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट र पार्किङ असिस्ट जस्ता सुविधा पनि छन्।

 

त्यस्तै, स्कुटरमा ३४ लिटरको सिटमुनिको भण्डारण क्षमता छ। यसमा दुईवटा हेल्मेटसमेत राख्न सकिने कम्पनीले जनाएको छ। ८४५ मिलिमिटर लामो सिट र २९० मिलिमिटरको सीधा फुटबोर्डले चालक तथा पछाडि बस्ने यात्रुलाई आरामदायी यात्रा प्रदान गर्ने बताइएको छ।

 

अर्बिटरमा मोबाइल एपमार्फत ब्याट्रीको अवस्था र किलोमिटर जाँच गर्न सकिने सुविधा छ। यसमा घुम्तीअनुसार बाटो देखाउने प्रणाली, फोन कल तथा एसएमएसको सूचना, आपत्कालीन सूचना, चोरी तथा स्कुटर ढलेको जानकारीलगायतका सुविधा छन्।

 

स्कुटरमा इको र पावर गरी दुईवटा सवारी मोड छन्। ऊर्जा बचतका लागि पुनःऊर्जा उत्पादन गर्ने ब्रेक प्रणालीसमेत राखिएको छ। त्यस्तै, ओटीए प्रविधिमार्फत सफ्टवेयर अद्यावधिक गर्न सकिने कम्पनीले जनाएको छ।

 

सुरक्षाका लागि १६९ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, एलईडी बत्ती, यूएसबी चार्जिङ पोर्ट, जियोफेन्सिङ, लाइभ लोकेसन ट्र्याकिङ, चोरी तथा तान्ने प्रयासको सूचना दिने प्रणालीलगायतका सुविधा छन्।

 

सार्वजनिक कार्यक्रममा जगदम्बा मोटर्सका प्रतिनिधिले टीभीएस आईक्युबको सफलतापछि अर्बिटरले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारमा कम्पनीको उपस्थितिलाई थप बलियो बनाउने बताए।
जगदम्बा मोटर्सका नेसनल सेल्स हेड सुशान्त आचार्यले नेपाली ग्राहकको आवश्यकता र नेपालको विभिन्न सडक तथा भौगोलिक अवस्थालाई ध्यानमा राखेर अर्बिटरको परीक्षण गरिएको बताए। उनका अनुसार आकर्षक डिजाइन, आधुनिक प्रविधि, आराम र दैनिक प्रयोगका सुविधालाई स्कुटरमा समेटिएको छ।

तीन रंगमा उपलब्ध

टीभीएस अर्बिटर नेपालमा निओन सनबर्स्ट, कोस्मिक टाइटेनियम र मार्टियन कपर गरी तीन रंगमा उपलब्ध हुनेछ।
यसको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...