पाेखरा ।राँगोले हानेर एक युवाको मृत्यु भएको छ ।
पोखरा वडा नं. ३३ का धनञ्जय आचार्यको आफ्नै दाजुको भैँसी फार्ममा गएका बेला राँगोले हानेर मृत्यु भएको हो ।
मंगलबार माइला दाजुको सुरौदीस्थित फार्ममा उनी घाँसपानीका पालो दिन गएका थिए ।
३७ वर्षका आचार्य पोखरा १७ बिरौटा बस्दै आएका थिए । धनञ्जयका जेठा दाजु शिवप्रसाद आचार्य पोखरा ३३ का पूर्व वडाध्यक्ष हुन् ।
राँगोले हानेर उनको शव क्षतविक्षत अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ । मंगलबार नै शवको पोस्टमार्टम गरी अन्त्येष्टि समेत गरिसकिएको छ ।