दशैँका खानेकुरा पस्कने उद्देश्यले असोज २४ देखि २६ सम्म भोज आयोजना गरिएको वाराही ग्रुपका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले जानकारी दिए । भोजमा भुटुवा, सेकुवा लगायतका मासुका परिकार, सेल रोटी, अचार, बाराका साथै दशैँका विशेष परिकार रहनेछन् ।होटल बाराही काठमाडौँमा साँझ साढेँ ५ बाट सुरु हुने डिनर सेट मेनुको रूपमा उपलब्ध हुनेछ । होटेल बाराही पोखरामा दिउँसो साढेँ १२ देखि तीन बजेसम्म बफे लन्च चल्नेछ ।
पोखरामा लागि प्रति सेटको शुल्क २ हजार रुपैयाँ निर्धारण गरिएको छ भने काठमाडौँमा भेज सेटको लागि १ हजार ८ सय रुपैयाँ र ननभेज सेटको लागि २ हजार रुपैयाँ तोकिएको छ।