लेखनाथ महाेत्सव आजदेखि, ४ सय बढि संघसंस्था सहभागी हुदै

पाेखरा, पुस १८ गते ।२० आै लेखनाथ महाेत्सव आजदेखि सुरु भएकाे छ । माघ १ गतेसम्म संचालन हुने लेखनाथ महाेत्सवकाे भब्य उद्घाटन हुने छ । उद्घाटन अघि झाँकी र्याली आयाेजना हुनेछ । ४ सय बढि संघसंस्थाले झाकी र्यालीमा सहभागीता जनाउने लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुलीले जानकारी दिनुभयाे ।  महाेत्सवमा ३३६ वटा स्टल रहने र सम्पूर्ण स्टल बुकिङ भैसकेको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बिनाेद श्रेष्ठले जानकारी दिनुभयाे ।

महोत्सवलाई स्थानीयले चाड पर्वको रूपमा लिँदै आएको र उत्पादक र उपभोक्ताहरूलाई एकै ठाउँमा भेला गरी आर्थिक चलायमान गराउन महत्त्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयाे ।

महोत्सवमा कुल तीन सय ३६ वटा स्टल रहने भएका छन्। अटो प्रदर्शनी स्टल ६, शैक्षिक÷ग्रामीण प्रविधि प्रदर्शनी १२, कृषि प्रदर्शनी ३६, किचन सामाग्री २५, मसिनरी १०, हस्तकला प्रदर्शनी १६, गार्मेन्ट तथा रेडिमेट १०८, जनरल २६, फुड एन्ड बेभरेज प्रदर्शनी १६, डेरी प्रदर्शनी ९, नेपाली उत्पादन प्रदर्शनी २२, खाना महोत्सव १७, बैङ्क तथा वित्तीय सङ्घसंस्था तथा प्रायोजक अन्तर्गत ३३ स्टल रहने महासचिव जानुका पराजुलीले जानकारी दिनुभयाे ।

 

पोखरा महानगरपालिका–२७ ताल चोकमा आयोजना हुने महोत्सवको  सङ्घका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य सङ्घले २०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवले हरेक पटक सफल रहेकाे  र यश पटक पनि सफल हुने विश्वास ब्यक्त गरे ।

 

समयानुकूल परिष्कृत गर्दै २०६१ सालदेखि वार्षिक रूपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ।

 

स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवर्द्धन, लेखनाथमा रहेका तालहरूको प्रवर्द्धनसँगै स्थानीय उत्पादनलाई जोड दिँदै आइरहेको छ। सङ्घकी महासचिव एवं महोत्सवका प्रचार प्रसार संयोजक जानुका पराजुलीले महोत्सवको मुख्य आकर्षणको रूपमा सांस्कृतिक गतिविधि, खुल्ला युगल जोडी नृत्य प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, चित्रकला प्रतियोगिता लगायत रहेको बताउनुभयाे । उहाँका अनुसार महिलाहरूको क्षमता अभिवृद्धि गर्नका लागि महोत्सवमा महिला समूहहरूबिच हाजिरी जवाफ प्रतियोगिता रहेका छन्।

 

महोत्सवको थप आकर्षणको रूपमा यो वर्ष गौतम बुद्धको प्रतिमा राखिने र सो प्रतिमालाई महोत्सव पश्चात् लेखनाथको उचित स्थानमा राखिने छ। महाेत्सवकाे २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने, ९ कराेडकाे काराेबार हुने अनुमान आयाेजकले गरेकाे छ ।महाेत्सवबाट ९० लाख आम्दानी र ८० लाख खर्च भै १० लाख रुपैयाँ बचत हुने अध्यक्ष बिनाेद श्रेष्ठले बताउनुभयाे ।

 

महोत्सवको बचतबाट प्रदर्शनी स्थल, संघकाे भवन स्तराेन्नति,औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकास तर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण स्थानीय महिला तथा उद्घमीद्वारा उत्पादित वस्तुको प्रवर्दनका लागि काेसेली घर निर्माण लगायत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने महासचिव पराजुलीले बताउनुभयाे ।

 

महाेत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्न ९ सदस्यीय निर्देशक समिति, ४० सदस्यीय सल्लाहकार समिति, ४८ वटा उपसमिति र १५३ सदस्यीय कार्यसम्पादन समिति समेत गठन गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...