वृद्ध भत्ता जम्मा गरेर खिमलालले गरे विद्यालयलाई ४ लाख दान

पोखरा । आफ्नो वृद्ध भत्ता जम्मा गरेर एक ८० बर्षिय वृद्धले चार लाख रुपैयाँ दान गरेका छन् । पोखरा महानगरपालिका वडा नं २३ हर्पनका स्थायी वासिन्दा खिमलाल पौडेलले सोहि वडाको श्री सिद्धवराह माध्यमिक विद्यालय माझथुममा सरस्वती मन्दिर निर्माणको लागि उक्त रकम दान गरेका हुन् । हाल भारतको वनारसमा वस्ने पौडेलले आफुले प्राप्त गरेको स–सानो दान रकम र नेपाल सरकारले प्रदान गरेको ज्येष्ठ नागरिक भत्ता जम्मा गर्दै आएका थिए ।

 

विगत केहि बर्षदेखि पौडेलका मनमा मन्दिर बनाउने इच्छा रहेको थियो । बेला बखत पोखरा आउँदा उनी विद्यालयमा गएर आफ्नो इच्छा व्यक्त गर्दथे । वनारसको एक आश्रममा सन्यासी जिवन विताईरहेका पौडेल अहिले श्री १०८ स्वामी खेलन आश्रम नामले चिनिन्छन् । वनारसमा साधु सन्तको ठुलो सम्मान छ । उहाँ वस्दा अलि अलि जम्मा गरेको रकम र यता प्राप्त गरेको भत्ताले उनले त्यतिका रकम जम्मा गरेका थिए ।

 

सम्भव भएसम्म भविश्यमा पनि विद्यालय र मन्दिरको लागि सहयोग गर्ने इच्छा रहेको पौडेल बताउँछन् । उनले ‘सरल यति सन्ध्या’ नाम गरेको पुस्तक पनि लेखेका छन् । वनारसबाट नै उक्त पुस्तक प्रकाशित भएको छ ।

मन्दिरको शिलान्यास यहि पौष २७ गते शनिवार निज खिमलाल पौडेल र गण्डकी प्रदेशका सभाका सभासद श्री प्रकाश वराल, वडा नं २३का वडा अध्यक्ष राकाजी गुरुङले संयुक्त रुपमा गरेका थिए । ”विद्यालयमा अन्य भौतिक संरचना राम्रो भएपनि एउटा मनिदरको आवश्यकता थियो” विद्यालयका प्रधानाध्यापक वद्रीनाथ पराजुली वताउँछन् । रामकजी गरुङ तथा सभासद वरालले मन्दिर सम्पन्न गर्न अपुग हुने रकम आफूले व्यवस्था गर्ने वताए । साथै विद्यालयको आवश्कताका आधारमा सहयोग गर्ने बताए । शिलान्यास कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुदत्त पराजुलीको सभापतित्वमा भएको थियो । श्री सिद्धवराह गुरुकुल सन्यास अश्रम माझथुमका बटुकहरुले स्वस्ती बाचनसमेत गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...