पाेखरा, माघ ७ गते ।पाेखरामा सर्वाधिक पुरस्कार राशिकाे पाँचौं टाइगर कप महिला/पुरुष भलिबल प्रतियाेगिताकाे बिजेताले प्रतियोगितामा प्रथमलाई पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्ने भएकाे छ ।
टाइगर ग्रुप अफ पाेखरा नेपालले आज पाेखरामा पत्रकार सम्मेलनकाे आयाेजना गरि प्रतियाेगिताकाे बारेमा जानकारी दिदै टाइगर कप भलिबल नेपालकै ठुलो धनराशिकाे प्रतियाेगिता भएको दावी गरेकाे छ । टाइगर ग्रुप अफ पाेखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले याे प्रतियाेगिता खुल्ला ठाउँमा आयाेजना हुने ठुलो भएकाे बताउनुभयो ।
त्यस्तै प्रतियाेगितामा उपविजेता टिमले २ लाख ८५ हजार पाँच सय ५५ र तृतीयले १ लाख ८५ हजार पाँच सय ५५ सहित ट्रफी र मेडल प्राप्त गर्ने छन् ।प्रतियाेगिता माघ १२ देखि पाेखरा रंगशालाकाे भलिबल काेर्टमा संचालन हुने छ ।
प्रतियोगितामा महिला र पुरुष दुबै तर्फ ६–६ टिमले सहभागिता जनाउने पक्का भएकाे प्रतियाेगिता संयाेजक रामकृष्ण ज्ञवालीले जानकारी दिनुभयाे ।पुरुषतर्फ श्रीलंकाको भलिबल टिमसहित नेपालका प्रतिष्ठित टिमले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टिममा हेल्प नेपाल स्पोट्र्स क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, र नेपाल एपीएफ क्लब छन्।
महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डको टिमसहित नेपालका शीर्ष टिमहरु सहभागी हुने बताइएको छ । सहभागी टिममा नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, र टाइगर ग्रुप अफ पोखरा नेपाल रहेका छन्।
महिला तथा पुरुष दुवैतर्फ सर्वोत्कृष्ट बन्ने खेलाडीले जनही २५ हजार सात सय ५५ पाउनेछन् भने दुवैतर्फ विधागत रुपमा उत्कृष्ट ठहरिने खेलाडीलाई जनही दश हजार सात सय ७७ रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ। गत वर्ष चौथो टाइगर कप भलिबलको उपाधि पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लबले र महिलातर्फ एपीएफ क्लबले जितेका थिए ।
प्रतियोगिताकालागि आयोजकले करिब २ हजार दर्शक अट्ने प्यारापिट निर्माण गरेकाे छ । दर्शकले प्रतियाेगिता हेर्न अनलाइनबाट पनि टिकट किन्न सक्नेछन् व्यवस्था गरिएको आयाेजकले जनाएको छ ।त्यसकाे लागि आयोजकले इ–सेवासँग सम्झौतासमेत गरेको छ ।
प्रतियाेगितामा करिब १ करोड २५ लाख रुपैयाँ बराबर खर्च हुने अनुमान आयाेजकले गरेकाे छ ।प्रतियाेगिताबाट बचत रकम विगतमा जस्तै स्वास्थ्य, खेलकुद, शिक्षा र सामाजिक क्षेत्रमा खर्च गरिने भएकाे छ ।
प्रतियाेगिता सम्पन्न गर्न टाइगर ग्रुप अफ नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा १०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएकाे छ ।त्यस्तै विभिन्न १४ वटा उपसमिति गठन गरिएकाे पत्रकार सम्मेलनमा जानकारी दिइयाे ।
प्रतियोगिताका दौरान दैनिक ४४ हजार रुपैयाँ खेल मैदानलाई बुझाउन पर्ने आयोजकले जनाएका छन् ।