पाेखरा, माघ १२ गते ।चाैधाै बगर भाइ खलक 8-A side अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियाेगिता २०८१ माघ १५ देखि २१ गतेसम्म संचालन हुनेभएकाे छ ।
पाेखराकाे बगर स्थित पुरानो टुडिखेलमा संचालन हुने प्रतियाेगितामा ४० वर्ष माथि, ५० वर्ष माथि र ६० वर्षमाथिकाे उमेर समुहका वीच प्रतिस्पर्धा हुने आयाेजक बगर भाइ खलकले आज विहान पाेखरामा पत्रकार सम्मेलन मार्फत जानकारी दिएकाे हाे । ४० उमेर समुहमा १९ टिम,५० माथि समुहमा १४ टिम, ६० उमेरमाथि ६ टिम गरि प्रतियाेगितामा ३९ टिम सहभागी हुने बगर भाइ खलकका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिनुभयाे ।
प्रतियाेगितामा महाराष्ट, देहरादुन भारत, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटाैडा, सर्लाही, बुटबल, सिमरा, कैलाली, झापा बिर्तामोड र पाेखराका टिमले प्रतिस्पर्धा गर्ने बगर भाइ खलकका महासचिव मनकाजी गुरुङले जानकारी दिनुभयाे ।
४० उमेर माथिकाे विजेताले २ लाख, उपविजेताले १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने बेष्ट किप्पर,बेष्ट डिफेन्डर, बेष्ट मिडफिल्डर, बेष्ट फरवार्ड र बेष्ट प्रशिक्षकलाई ५ हजार रुपैयाँ प्रदान गरिने छ ।सर्वाेत्कृष्ट १५ हजार र हरेक म्याचमा म्यान अफदी म्याच ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष गुरुङले बताउनुभयाे ।
त्यस्तै ५० वर्षमाथिकाे विजेताले १ लाख, उपविजेताले ५० हजार, ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने ६० वर्ष उमेर समुहमाथिकाे विजेताले ५० हजार, उपविजेताले ३० हजार र हरेक खेलमा म्यान अफ दी म्याच, ट्रफि र प्रमाणपत्र प्रााप्त गर्ने आयाेजकले जनाएको छ ।
यसैबीच फुटबल विकासमा विशेष याेगदान दिए बापत पूर्व खेलाडीलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत यश वर्ष पूर्व खेलाडी रमेश भट्टचनलाई उद्घाटन कार्यक्रममा सम्मान गर्ने आयाेजकले जनाएकाे छ