ब्ल्याक बुल्स एफसी आहा राराको फाइनलमा, थ्री स्टार ४–० ले पराजित

पोखरा,फागुन १ गते । उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीले पहिलो सहभागीतामै आहा रारा गोल्ड कप फुटबलमा फाइनलको यात्रा तय गर्दा थ्री स्टार स्तब्ध बनेको छ । पोखरा रगंशालामा बिहिबार भएको अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली उज्बेकिस्तानले थ्री स्टारलाई ४–० को फराकिलो जित निकाल्यो ।

थ्री स्टारको फाइनल प्रवेशको योजना असफल बनाउदै ब्ल्याक बुल्सले उपाधि भिडन्तका लागि नेपाल पुलिस क्लबसंगको भेट पक्का गरेको हो । २४ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि फागुन ३ गते शनिबार प्रतिस्पर्धा हुने छ । ब्ल्याक बुल्सको फाइनल प्रवेशका लागि कुभोनचेक ओलिमोभ, असिलबेक ओरिफजोनोभ, सात्तोरोभ र सइदजमोल दाभ्लातिनोभले एक–एक गोल गर्नुभयो ।


ब्ल्याक बुल्स एफसीले पहिलो खेलमा भारतको सिक्किमे टोली थण्डरबोल्ट नर्थ युनाईटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै र थ्री स्टारले मछिन्द्रलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै सेमिफाइनल खेलेका हुन् । थ्री स्टार विदेशी टिमसंग निरिह बन्यो । थ्री स्टार आहा रारामा पाँच पटक उपाधि उचालिसकेको टिम हो ।दबावमा परेको थ्री स्टारले पाएको केही अवसरलाई सदुपयोग गर्न सकेन ।


खेलको २५ औ मिनेटमा कुभोन्चभिकको गोलमा ब्ल्याक बुल्सले गोलको खाता खोल्यो भने ५८ औ मिनेटमा असिफबेक ओरिफजोनोभको गोलमा अग्रता दोब्बर पार्यो । ६२ औं मिनेटमा सभ्काटजोन सत्तारोभको गोलमा थ्री स्टार ३–० ले पछि प¥यो । आहा रारा पोखरा गोल्डकपको २४ औँ संस्करणमा ४–० गोलको फराकिलो अन्र्तरले हार्ने टिमको रेकर्ड पनि थ्रीस्टारले नै बनायो ।

 

यसअघि २०७७ सालमा थ्रीस्टार क्वाटरफाइनलमा नेपाल पुलिससँग ४–० ले पराजित भएको थियो ।त्यसपछि २०७८ मा मछिन्द्रले संकटालाई तथा २०७९ मा संकटाले एपीएफ विरुद्ध समान ४ गोल गरेको थियो । तर यी दुई खेलमा जित अन्तर ४–१ थियो । थ्री स्टारका प्रशिक्षक गणेश खड्काले टिमले बनाएको रणनीति सफल नभएको बताउदै विदेशी टिम प्राविधिक रूपमा निकै राम्रो रहेको स्वीकार गर्नुभयो । यता ब्ल्याक ब्ुल्सका प्रशिक्षकले थ्री स्टार राम्रो टिम भएपनि आफुले जितेको खुशी ब्यक्त गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...