एकराज गिरी/पोखरा, फागुन २ गते । २४ आै संस्करणको आहा रारा गोल्ड फुटबलको उपाधिका लागी भाेलि शनिबार नेपाल पुलिस क्लब र विदेशी टिम उज्वेकिस्तानकाे ब्ल्याक बुल्स एफसी क्लबले प्रतिस्पर्धा गदैछन् ।
पहिलाे पटक उपाधि भिडन्तमा पुगेको बुल्स ले इतिहास रच्ने धुनमा छ । भने आहामाा साताैं पटक उपाधि जित्दै विगतको विरासत थाम्न तल्लीन हुने छ । पोखरेली मैदानमा यी दुई टिमको भेट पहिलो हाे । छैठौ पटककाे विजेता पुलिसलाई घरेलु मैदानमा पराजित गर्दै नयाँ च्याम्पियन बन्ने लक्ष्य सहति ब्ल्याक बुल्स मैदान प्रबेश गर्नेछ ।पाेखरेली मैदानमा सफल भाग्यमानी पुलिसले पछिल्लो समय आफ्नो विरात कायम राख्न सकेकाे छैन ।त्यसैले पुलिसले यश पटक उपाधि जित्दै गुमेकाे साखलाई बचाउने अवसर प्राप्त गरेकाे छ ।
पुलिसले पाेखराकाे मैदानमा क्याराभानसहित ६ पटक उपाधि जितेको छ। ४पटक उपविजेता बनेको छ। पुलिसले लगातार तीन संस्करण जितेर ह्याट्रिकको इीतहास समेत रचेको छ। पुलिसले २०५८, ०५९, ०६४, ०६५, ०६६ र ०७४ मा उपाधि जितेको हो। पाेखराकाे मैदानमा सफल र भाग्यमानी टिम पुलिस लाई नेपाली फुटबलकाे बुढाे बाघ समेत भन्ने गरिन्थ्यो तर २०७६ पछि आहा रारामा पहिलाे पटक उपाधि नजिक पुगेकाे हाे ।
शनिबार फाइनल खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । विदेशी टिमका अघिल्ला दुई खेल हेर्दा सशक्त देखिन्छ । पुलिसलाई उपाधि जित्नका लागि त्यति सहज हुने छैन ।ब्ल्याक बुल्स एफसीले पहिलो खेलमा भारतको सिक्किमे टोली थण्डरबोल्ट नर्थ युनाईटेडलाई ३–० गोल र आहा राराकाे पाचौं पटककाे विजेता थ्री स्टार क्लबलाई ४-० काे फराकिलो जित निकाल्दै फाइनलमा पुगेकाे हाे । पहिलाे पुलिसले उद्घाटन खेलमै आयोजक सहारा क्लबलाई १-० ले पराजित गरेको थियो, क्वाटरफाइनलमा पुलिसले ब्वाइजलाई २-० र सेमिफाइनलमा लिग च्याम्पियन चर्च ब्याइज क्लबलाई १–० गाेलले पराजित गर्दै फाइनल पुगेकाे हाे ।
आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको पूर्व सन्ध्यामा शुक्रबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा ट्रफि उचाल्दै नेपाल पुलिसका प्रशिक्षक चेतन घिमिरेले फाइनलमा राम्रो खेल प्रर्दशन गदै उपाधि जित्ने योजना रहेको बताउनुभयो । उहाँले आफ्ना खेलाडीहरु शारीरिक र मानसिक रुपमा फिट रहेकाे बताउनुभयाे ।उहाँले पुलिसले प्रतियाेगिताकाे २५०आै र टिमकाे ५० आै खेल जितेकाे बताउदै साताै उपाधि जित्दै इतिहास बनाउने बताउनुभयाे ।
उनले विपक्षी टिम टेक्निकल र ट्याटिसमा बलियाे रहेकाे छ तर हाम्रा खेलाडीहरु पनि मानसिक रुपमा फाइनलका लागि तयार छन् । हामी गुड स्पिडमा छाै ।नयाँ र युवा खेलाडी भएकाले टिम राम्रो छ । उहाँले नियमित प्रशिक्षण हुने भएकाले सहज रहेकाे बताउनुभयाे ।उहाँले आफ्नो प्लान अनुसार खेल भै रहेकाे र त्यही अनुसार स्काेर भैरहेकाे दाबी गरे ।
यता ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजितले फाइनल खेल ५०-५० प्रतिशत हुने बताउनुभयाे । ‘फाइनल खेल सधैँ ५०-५० हुन्छ । हामीले पहिलो भन्दा दोस्रो खेलमा राम्रो प्रदर्शन गर्यौँ । फाइनलका लागि तयार छौँ र राम्रो गर्ने प्रयास गर्नेछदँ ।’ उहाँले भन्नुभयाे ।