सृजना कप छात्र/छात्रा सामुदायिक बिद्यालय स्तरीय भलिबल प्रतियाेगिता हुने

पाेखरा,चैत ।छैटौं सृजना कप कास्की जिल्ला सामुदायिक वि‌द्यालय स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता आयोजना हुने भएकाे छ ।

कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र, सिमलचौरकाे संयुक्त आयाेजनामा चैत २६ देखि २८ गतेसम्म प्रतियाेगिता आयाेजना गर्न लागेकाे बिहीबार पत्रकार सम्मेलनकाे आयाेजना गरि जानकारी दिइएको हाे ।

 

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारा र स्कुल स्कुलमा भलिवल खेल पुर्याउने लक्ष्य सहित प्रतियोगिता गर्न लागिएको भलिबल संघ कास्कीका अध्यक्ष विष्णुबहादुर गुरुङले जानकारी दिनुभयाे ।

 

प्रतियाेगिता पोखरा रंगशाला स्थित भलिवल ट्रेनिङ सेन्टरमा आयोजना हुनेछ । यस प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) वि‌द्यालयहरुले सहभागिता जनाउन सक्नेछन् । कक्षा १२ सम्मका वि‌द्यार्थीहरु सहभागि हुन पाउने यस प्रतियोगितामा १५० टिमले सहभागिता जनाउने अनुमान गरेकाे अध्यक्ष गुरुङले बताउनुभयो ।

 

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उ‌द्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। यस प्रतियोगितामा लुकेर रहेका प्रतिभाले आफ्‌नो प्रतिभा उजागर गर्न पाउने र यसबाट राम्रा खेलाडी उत्पादन हुने विश्वास लिएकाे भलिबल संघका पूर्वअध्यक्ष टंकराज  पाैडेलले बताउनुभयाे ।

 

प्रतियोगिताको उपाधि बिजेता छात्र तथा छात्रालाई १ लाख र उपविजेतालाई ७५ हजार र तृतीयले ३५ हजार प्राप्त गर्नेछन् । यता छात्रा तर्फ विजेताले ६० हजार र उपविजेताले ५० हजार र तृतीय २५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

 

त्यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट छात्र तथा छात्रालाई खेलाडीहरुलाई ५/५ हजार र ट्रफी तथा अन्य ५ विधाका उत्कृष्ट खेलाडीलाई १/१ थान भलिवल प्रदान गरिनेछ।

 

प्रतियोगिता सञ्चालन गर्न ११ लाख ४९ हजार /खर्च लाग्ने अनुमान गरिएकाे छ भने प्रतियोगिताबाट १२ लाख ५० आम्दानी र १ लाख १० हजार बचत हुने अनुमान गरिएको छ । बचत रकम भलिवल खेलकै विकास र बिस्तारका लागि खर्च गरिनेछ बताइएको छ ।

 

पोखराका दुई संस्था सृजना विकास केन्द्र र कास्की जिल्ला भलिवल संघ समग्र कास्केली भलिवल प्रेमीहरुको साझा संस्था भएकाे बताउदै सृजना बिकास केन्द्रका अध्यक्ष विष्णुप्रसाद बरालले स्थापना कालदेखि महिला बाल बालिका शिक्षा, स्वास्थ्य, खेलकुद लगायत क्षेत्रमा काम गर्दै आएको बताउनुभयो ।

 

महिलाहरुको लागी महिला अधिकार क्षमता अभिवृदि एंव रोजगार उत्प्रेरण तालिम, लगाएत कार्य गरि रहेको भने बालबालिकाको लागी बालगृह सञ्चालन, कठिन परिस्थितीका बालबालिकाको लागी वि‌द्यालय भर्ना सहयोग, शिक्षामा जनप्रिय बहुमुखी क्याम्पसमा जनप्रिय मावि, सृजना बहिरा बि‌द्यालय श्री राम आधारभुत बिधालय लगायतलाई सहयोग पुराउदै आएको उहाँको भनाइ छ ।

 

स्वास्थ्य तर्फ स्वास्थ्य सिविर दिर्घ रोगी अपा‌ङ्गहरुलाई सहयोग गर्दै आएको र खेलकुद अन्तर्गत भलिवल, खुल्ला सडक दौड, लगाएत विभिन्न क्षेत्रमा कार्य गर्दै आएको उहाँले जानकारी दिनुभयाे ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...