पाेखरामा लायन्स अन्तर्राष्ट्रिय भलिबल प्रतियाेगिता हुने, विजेताले ४ लाख ४४ हजार ४४४ पाउने

पाेखरा,चैत १४ गते ।पाेखरामा पहिलाे पटक अन्तर्राष्ट्रिय लायन्स कप भलिबल प्रतियाेगिता आयाेजना हुने भएकाे छ ।

लायन्स ईन्टरनेस्नल डिष्ट्रिक ३२५ एमकाे आयाेजनामा बैशाख १८ देखि २२ गतेसम्म पाेखरा रंगशाला स्थित कभर्डहलमा प्रतियोगिता गर्ने तयारी गरिएको बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हाे ।

 

लायन्स क्लब स्थापनाकाे १०७ वर्ष पुगेकाे र नेपालमा ५३ वर्ष पूरा भएकाे अबसरमा नेपालकाे राष्ट्रिय खेल भलिबललाई प्रवर्दन प्रतियाेगिता गर्न लागेकाे लायन्स क्लब डिष्टिक्ट गभर्नर चण्डी प्रसाद अर्यालले जानकारी दिनुभयाे ।

 

 

प्रतियोगितामा ६ टिमले सहभागी जनाउने हुने डिष्ट्रिक गभर्नर अर्यालले जानकारी दिनुभयाे । उनका अनुसार ,नेपाल पुलिस क्लव, गण्डकी प्रदेश भलिबल संघ, त्रिभुवन आर्मी क्लव, नेपाल एपीएफ क्लव र पाकिस्तान भलिबल क्लब इस्लामावादले सहभागीता जनाउने पक्का भएकाे छ ।प्रतियाेगितामा सहभागी हुने अर्काे विदेशी टिमका विषयमा छलफल भैरहेका कारण टुङ्गो लागि नसकेको बताउनुभयाे । भारत र इरानकाे टिमसंग छलफल चलिरहेको तर सम्झौता गर्न बाँकी रहेकाे बताउनुभयाे ।

 

प्रतियोगितामा प्रथम हुनेले चार लाख ४४ हजार ४४४, द्वितीय हुने टिमले दुई लाख ४४ हजार ४४४ रूपैयाँ, तृतीय पुरस्कार एक लाख ४४ हजार ४४४ रूपैयाँ प्रदान गरिने क्याविनेट सेक्रेटेरी शिवराज आचार्यले बताउनुभयाे । त्यस्तै सर्वाेत्कृत खेलाडीलाई १४ हजार ४४४, मेडल र प्रमाणपत्र प्रदान गरिने र अन्य विधागत पुरस्कार समेत रहेकाे उहाँले जानकारी दिनुभयाे ।

 

प्रतियाेगिता अवलोकनका लागि ३ सय रुपैयाँ शुल्क राखिने आयाेजकले जनाएको छ । पाेखरामा पहिलाे पटक इन्डाेरमा भलिबल प्रतियाेगिता आयाेजना गर्न लागिएकाे छ ।पानी पर्नसक्ने भएकाले इन्डाेरमा आयोजना गर्न लागिएको आयाेजकले जनाएकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...